६ श्रावण २०८३, बुधबार
,
Latest
वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेस नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्ने बताउनुभएको छ ।

वीपी स्मृति दिवसको अवसरमा बुधवार नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता बस्नेतले पार्टी एकता गर्नको लागि निकै ढिला भइसकेको भन्दै पार्टी निर्माणको प्रक्रिया थाल्नुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस कमजोर भएको अवस्थामा प्रजातन्त्र समाप्त हुनुका साथै मुलुक दुर्घटनामा जाने खतरा रहेको भन्दै त्यसतर्फ समयमै सचेत हुनुपर्ने बताउनु भयो । नेता बस्नेतले नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सति जान दिन नहुने टिप्पणी पनि गर्नुभयो । उहाँले तत्काल राष्ट्रिय भेला आयोजना गरी निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो भन्दा दुई महिना पार्टी बनाउने काम गरेको भए अहिले त्यो अध्यावधिक भनेर हामीले महिनै पिच्छे समय थप्नुपर्ने स्थिति आउँदैनथ्यो । हामीबाटै कमीकमजोरी भयो, हामीबाटै ढिलासुस्ती भयो । त्यही कारणले हाम्रा साथीभाइहरू बाध्य भएर पार्टीभित्र आफ्नो अस्तित्व खोजिरहेका छन् । १२–१५ वर्षमा पनि अधिवेशन हुँदैन । वृद्ध हुने बेला भइसक्यो तरुण दल भनेर बसेको छ अधिवेशन हुन सकेन । अब योभन्दा पछिको जिम्मेवारी कसले लिने ? नेपाली कांग्रेस भएन, कमजोर भयो वा बलियो भएन भने मुलुकमा प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने होइन, मुलुक कसको हातमा जाने हो ? भन्नेकुरा पनि गम्भीर अवस्था छ । त्यही कुरालाई ध्यानमा राखेर आज सातवटा प्रदेशको भेला भयो । लगत्तै राष्ट्रिय भेला गर्ने भनेका थियौँ । त्यसमा पनि ढिला भइरहेको छ । आज केन्द्रिय भेलाको मिति घोषणा हुनुपर्छ । पार्टी फुटाउने होइन बनाउने हो, अर्को पार्टी बनाउने हो । गगन थापासँग नेपाली कांग्रेस र प्रजातन्त्रवादीहरू सति जान दिने होइन । कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्ने हुन्छ ।’

उहाँले कमजोर पार्टीको नेता बन्ने नभई बलियो पार्टीको कार्यकर्ता बन्नुपर्नेमा उहाँको जोड छ ।




भर्खरै