१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमसीसी सम्झौताबारे सरकार जिम्मेवार देखिएनः सुरेन्द्र पाण्डे

एमसीसी सम्झौताबारे सरकार जिम्मेवार देखिएनः सुरेन्द्र पाण्डे
अ अ+ अ-

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाउनु भएको छ । 

उपाध्यक्ष पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिनु भयो । सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउने सक्ने तर्क गर्नु भएको हो । उपाध्यक्ष पाण्डेले एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल भित्रै गम्भिर असहमति रहेको दावी पनि गर्नु भयो । 

उहाँले भन्नु भयो, ‘जनतामा अहिले छलफल भईरहेको छ । त्यो भनेको एमसीसी । तर संसदबाट अनुमोदन गरेर मात्रै त्यो पैसा दिन्छु भनेर अमेरिकाको एमसीसी फण्डले भनिरहेको कारणले अरु धेरै सहायता क्याविनेटले निर्णय गरेर दुई पक्षीय निर्णयमा स्विकृत गर्ने गरिन्छ । यो पैसा चाँही हामीले क्याविनेट निर्णयले मात्रै पुग्दैन । संसदबाटै अनुमोदन चाहिन्छ भन्ने सर्त नेपाल सरकारले पनि मानिदिएको कारणले अहिले पार्लियामेन्टमा नगईकन यो म दिन्न भन्ने र यो पैसा लिनुहुन्न भन्ने बहस विवाद पनि तीव्र छ । यही बीचमा सरकारले सम्भवतः यही सेसन किन यो अधिवेशन यति छिटो डाकियो ? भन्दा एमसीसी पारित गर्न भन्ने प्रसंग चलिराख्या छ । हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । 

बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरुको बैठक विना निष्कर्ष टुंगियो अथवा सरकार पक्षकै दलहरुका बीचमा पनि विमतीहरु चाँही चरम रुपले परस्पर विमतिहरु पैदा भयो । अहिले पनि गर्नु हुँदैन यसलाई लिनु हुँदैन भन्ने दलहरुको भनाईको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरुकै बीचमा पनि गम्भिर असहमती देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने ? भन्नेमा छन । र यो घटनाले नेपालको अहिले देखापरेका कतिपय राजनीतिक संकटलाई गहि¥याउने हो कि भन्ने अवस्था पनि देखा पर्दैछ । यस्तो बीचमा नेपाल छ । 

यसो हुनाले म तपाईहरुलाई के भन्न चाहन्छु भने–यसको समाधान यदि हामीले अथवा यो सामान्य पैसा लेनदेनको विषय मात्रै भयो भने केही छैन । नेपाल सरकारले कुनै देशले दिएको पैसा लियो वा लिएन भन्ने कुरा ठूलो कुरा होइन । तर यो राजनीतिक सम्बन्धमा गएर समस्या सृजना गरिदियो भने हामीे गम्भिर क्षतिको अवस्था ब्यहोर्नुपर्ने हुन्छ । जस्तो अमेरिकासँगको सम्बन्ध जटिल बनिदियो भने भोली वैदेशिक सहायताको पक्ष कमजोर बन्न गएर नेपालले एक प्रकारको राजनीतिक र आर्थिक संकट भोग्नुपर्ने अवस्था आउन सक्छ । यसलाई हामीले बडो बुद्धिमतापूर्वक यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ । तर सरकार यो ढंगले जिम्मेवार बनेर काम गर्न खोजीरहेको छैन ।’

उपाध्यक्ष पाण्डेले मुलुक अव निर्वाचनतर्फ जानुको विकल्प नरहेको पनि बताउनु भयो । मुलुक संकटको बीचमा उभिएको र त्यसको समाधान निर्वाचनबाटै हुने भएकाले अव मुलुक निर्वाचनमा जाने उहाँको दावी थियो । उपाध्यक्ष पाण्डेले राजनीतिक कोर्सलाई सही बाटोमा अघि बढाउन पनि मुलुकमा निर्वाचन एक मात्रै लोकतान्त्रिक विधि भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘मुलुक संकटबाट गुज्रिरहेको छ । यो संकटले के संकेत गर्छ भने यसको समाधान लोकतान्त्रिक ढंगले खोज्नु भनेको हामी संकटको चरणमा छौं भन्ने त्यसले संकेत गर्छ । यसको के हो समाधान भन्दाखेरी निर्वाचन भन्दाअरु म केही पनि देख्दिन । मात्रै यसको समाधान निर्वाचनमा दिन सक्छ । र जटिल बन्दै गएको पोलिटिकल कोर्स पनि सामान्य अवस्थामा फर्किन सक्छ ।’

उपाध्यक्ष पाण्डेले मुलुक आर्थिक संकट उन्मुख रहेको पनि दोहो¥याउनु भयो ।