४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा कसरी आयो ? मालपोत कार्यालयका प्रमुख सिआइबी हिरासतमा

९२  रोपनी सरकारी जग्गा व्यक्तिको नाममा कसरी आयो ?  मालपोत कार्यालयका प्रमुख सिआइबी हिरासतमा
अ+ अ-

काठमाडौं । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले उक्त सरकारी जग्गा व्यक्तिको नाममा गरेका थिए। सरकारी जग्गा आफ्नो बनाउन शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएका थिए।

मुद्दा दर्ता भएपछि अदालतलाई समेत प्रभावमा पार्न सफल थापा दिदीभाइबीच मुद्दा दर्ता गरेको केही दिनमा मिलापत्र गरी जग्गा आफ्नो नाममा गरेका थिए। जिल्ला अदालत ललितपुरको समेत सेटिङमा उक्त जग्गा व्यक्तिको नाममा गएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त मुद्दाको फाइल पुनः अध्ययन गरेको थियो।

सरकारी जग्गा हाउजिङको नाममा लैजान जिल्ला अदालत ललितपुरका तत्कालीन न्यायाधीश अर्जुन कोइराला र राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य सरस्वती केसीको समेत संलग्नता देखिएको प्रहरीले जानकारी दिएको छ। न्यायाधीश कोइरालामाथि न्याय परिषद्ले छानविन गरी कारबाही अगाडि बढाएको छ भने सो जग्गा काण्डमा संलग्न रहेकी केसी फरार छिन्।

न्यायाधीश कोइरालाले भू–माफियालाई फाइदा हुने गरी आदेश दिएको खुलेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको नेतृत्वमा कोइरालामाथि छानबिन भइरहेको छ। ब्युरोले उक्त फाइल अध्ययन गर्दा सरकारी जग्गा व्यक्तिको नाममा गएको फेला पारेपछि उक्त घटनामा संलग्न रहेका ६ जनालाई पक्राउ गरी कारबाही शुरू गरेको छ।

प्रहरीले उक्त घटनामा दोषी देखिएका अधिवक्ता रामबहादुर शाह, बाबुराम रेग्मी, योगेन्द्र पोखरेललाई पक्राउ गरेको छ।पक्राउ परेका अधिवक्ता शाहले उक्त सरकारी जग्गा व्यक्तिको नाममा लैजान अदालतदेखि मालपोत कार्यालयसम्म सेटिङ मिलाएका थिए। पक्राउ परेका अन्य दुई वकिलले उनकै निर्देशनमा नक्कली कागजपत्र तयार पारेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

सुयल हाउजिङको नाममा दर्ता भएको जग्गा पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले प्रयोग गर्दै आएको सरकारी जग्गा भएको बताइएको छ।वनको जग्गा हाउजिङले लिएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए।

उक्त सरकारी जग्गा अधिवक्ता शाहको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी प्रमाणपुर्जा बनाइ सोही जग्गालाई कम्पनीको नाममा बिक्री करारका कागजातहरू तयार पारेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीले जनाएको छ। पक्राउ परेका ६ जनालाई लिखतसम्बन्धी कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। नेपाल समाचारपत्र दैनिकबाट