२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित दुई पक्राउ



अ+ अ-

बर्दिवास । बिहीबार राती महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट लागुऔषधसहित दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमार महतो र सोही वडा घर भएका वर्ष २८ कै दीलिप महतो रहेका छन ।

दुबै जना ज १२ प ८२०९ नम्बरको मोटरसाइकलमा भारतबाट बर्दिवासतर्फ जाँदै गर्दा मनरा सिस्वा नगरपालिका–२ ईटहरवा पुगेपछि प्रहरीको गस्ती टोलीको चेक जाँचमा परी उनीहरु पक्राउ परेका थिए ।

उनीहरुको झोलाबाट लागु औषध एक्सप्लोन १ सय एम एल को ५० सि सि, एसपास्मो क्याप्सुल ८ थान नाइट्रोजन टयाबलेट १० थान नाईट्रो भेट टयाबलेट १५ थान प्रहरीले बरामद गरेको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेकोे बताइएको छ ।