४ श्रावण २०८३, सोमबार
,
Latest
बजेटको प्रभावकारी कार्यान्वयन गर्न अर्थमन्त्री डा वाग्लेद्वारा निर्देश कोलकाताबाट आइपुग्यो ‘कार्गो रेल’ वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्रबिच सहकार्य आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना बालयौन दूराचारमा अमेरिकी अदालतबाट पनि दोषी ठहर भए केनेथ ‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री डा तिमिल्सिना खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको हाे



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संवैधानिक र लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर हिंसात्मक गतिविधिको पृष्ठभूमिमा बनेको आरोप लगाएका छन्।

आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट कानुनी र संवैधानिक प्रक्रिया हुने उल्लेख गर्दै अहिलेको सरकार भने हत्या, हिंसा, तोडफोड, कब्जा र आगजनीजस्ता गतिविधिको आधारमा गठन भएको दाबी गरे।

उनले मुलुकको राजनीति अहिले स्पष्ट दिशा, विधि र संस्थागत थितिविनै अघि बढिरहेको टिप्पणी गरे। अध्यक्ष ओलीका अनुसार गत भदौ २३–२४ पछिका राजनीतिक घटनाक्रमपछि देशको राजनीति झन् अन्योलपूर्ण र अस्थिर बन्दै गएको छ।

ओलीले लोकतान्त्रिक मूल्य, विधि र संवैधानिक प्रक्रियालाई कमजोर बनाउने प्रवृत्तिले राजनीतिक प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गरेको पनि बताए।