२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छः सभापति थापा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषाभाषी, समुदाय, भूगोल र सबै पुस्तालाई जोड्ने सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन्।

ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमनसँगै उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता नेपाली काँग्रेसमा सक्रिय रहेको उल्लेख गर्दै उनले विगतमा पार्टीले सबै जातजाति र भाषाभाषीलाई जोड्ने भूमिका निर्वाह गरेझैँ अब सबै पुस्ताबीच पनि सेतु बन्नुपर्ने बताए। नयाँ पुस्तालाई केवल स्वागत गर्ने वा प्रतीकात्मक जिम्मेवारी दिने मात्र नभई उनीहरूको विचार, अपेक्षा र दृष्टिकोणलाई सम्मानपूर्वक सुन्न आवश्यक रहेको उनको भनाइ थियो।

सभापति थापाले नयाँ पुस्ताको सहभागितालाई औपचारिकतामा सीमित राख्न नहुने बताउँदै बदलिँदो समयसँगै उनीहरूको सोच र राजनीतिक अपेक्षालाई पार्टीले आत्मसात् गर्नुपर्ने धारणा राखे।

उनले समाजमा पछिल्लो समय बढ्दै गएको पुस्ताबीचको दूरीप्रति चिन्ता व्यक्त गर्दै ६०–६५ वर्षभन्दा माथिका नागरिकलाई ‘वर्ग शत्रु’का रूपमा चित्रण गर्ने प्रवृत्ति स्वस्थ लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको बताए। यस्ता विभाजनकारी सोचबाट समाजलाई जोगाउने जिम्मेवारी नेपाली काँग्रेसकै रहेको उनको भनाइ थियो।

विगतको संविधानसभा कालमा समाज जातीय आधारमा विभाजित हुने अवस्था सिर्जना भएको स्मरण गर्दै थापाले त्यतिबेला काँग्रेसले सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै राष्ट्रिय एकता जोगाएको दाबी गरे।

उनले नेपालको समाज बहुआयामिक पहिचानले बनेको उल्लेख गर्दै विभाजनभन्दा एकता, समावेशिता र पुस्ताबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। अब नेपाली काँग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।