• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

टोङ्गामा नयाँ प्रधानमन्त्री नियुक्त



सुभा । टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । पूर्वप्रधानमन्त्री आकिलीसी पोहिभाको ठाउँलाई बान्टोआले प्रतिस्थापन गरेका हुन् । आकिलिसीको गत सेप्टेबर १२ मा निधन भएको थियो ।

टापुले भरिएको यस देशको मताङ्गी टोङ्गी अनलाइनका अनुसार टोङ्गा संसदमा भएको निर्वाचनमा वान्टेआ नियुक्ति भएका हुन् । टोङ्गाका २३ जना सांसदले दिएको मतबाट उनी निर्वाचित हुनु भएको समाचारमा जनाइएको छ ।

सन् २०१० नयाँ सरकार प्रणालीअन्तर्गत प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाअनुसार सदनका अध्यक्ष लर्ड फकाफानुआले प्रधानमन्त्रीको निर्वाचनको लागि आह्वान गरेका थिए । वान्टोआले अब नयाँ मन्त्रिमण्डल गठन गर्नेछन् ।