२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ



अ+ अ-

पोखरा। पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको छ ।

पोखराका विभिन्न ठाउँमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा भारतीय नागरिक राहुल निषाद, सोमनाथ हनुमंत जाधव, चिनियाँ नागरिक वेन जिई ध्भल व्ष्भ र वाङ ल्यानयिन ध्बलन ीष्बलथष्ल लाई पक्राउ गरिएको हो ।

यस्तै स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार विक, कास्कीको पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङको बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडीलगायतका सामग्री बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । केही समयदेखि पोखराका विभिन्न ठाउँमा भइरहेका चोरीका घटनाको सुक्ष्म अनुसन्धान गर्दा उक्त गिरोह पक्राउ परेको प्रहरीले जनाएको छ । रासस