८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह

नौबिसे–नागढुंगा सडकखण्डको सवारी आवागमन सहज बन्दै, १२ चक्के सवारी प्रवेश रोक

नौबिसे–नागढुंगा सडकखण्डको सवारी आवागमन सहज बन्दै, १२ चक्के सवारी प्रवेश रोक
अ+ अ-

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको सवारी आवागमन सहज बनाउन पहल सुरु भएको छ । सो सडकखण्डमा देखिएको व्यवस्थापकीय कमजोरीको पक्षमा सुधार ल्याउन पहल थालनी भएसँगै सवारी आवागमन सहज बन्ने अपेक्षा गरिएको छ । सडकखण्डमा लगातारको लामो सवारी जामका कारण केही दिनदेखि यात्रुहरु मर्कामा पर्दै आएका छन् । घण्टौं जामका कारण सरकारप्रति नै जनआक्रोश बढ्दै गएको छ । अत्याधिक जामकै कारण एक व्यक्तिको ज्यान गएपछि आक्रोशको पारा थप बढेको हो ।

ज्यानै जानेगरी जाम हुन थालेपछि सरकारले समाधानको प्रयास थालेको छ । गृहमन्त्री रामवहादुर थापा ‘बादल’ ले सबै पक्षलाई बोलाएर तत्काल समस्या समाधानका लागि निर्देशनसमेत दिएका छन् । गृहमन्त्रीको निर्देशनसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल नेतृत्वको टोलीले शनिवार सो सडकखण्डको स्थलगत निरीक्षण गर्दै यातायात आवागमन सहज बनाउन विभिन्न रणनीतिसमेत अपनाउन थालेको छ ।

निरीक्षणका क्रममा व्यवस्थापकीय कमजोरी र समन्वयको अभाव पहिचान भएपछि त्यसै अनुरुपको रणनीति अपनाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार जाम हुन नदिन तत्कालका लागि सडकमा भैपरी आउनसक्ने समस्याका लागि क्रेन र डोजर जस्ता उपकरण स्ट्यान्डवाई राखिएका छन् । १२ चक्के सवारीलाई १८ असोजसम्म निश्चित समयमा मात्र प्रवेश गर्न पाउनेगरी व्यवस्थापन गरिएको छ ।

१२ चक्के सवारीलाई सवारी चाप हेरेर रातको ९ बजेपछि मात्र प्रवेश अनुमति दिइनेछ । सडकमा ओभरटेकको समस्या देखिएकाले प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरी सवारी अनुशासनलाई कडाई गरिएको र प्रहरीलाई समन्वयात्मक भूमिकाको जिम्मेवारी दिइएको छ । त्यस्तै सडक विभागले सडकको अवस्था सुधार गर्दै खाल्डाखुल्डी पुर्ने लगायतका कामलाई अगााडि बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा यातायात व्यवस्था विभागका निर्देशक तीर्थ निरौला, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालसहितको टोली स्थलगत निरीक्षणका लागि गएको थियो ।

मुख्य समस्या नागढुंगाको पिप्लेमोडमा देखिएको प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ छ । ‘पिप्लेमोडमा बाटो साँघुरो, चिप्लो र क्षतिग्रस्त अवस्थामा देखियो,’ दाहालले भने । जामका कारण यात्रुलाई असहजता नहोस् भन्नेमा प्रशासन प्रतिवद्ध रहेको उनको भनाइ छ । समस्या समाधानका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र प्रशासनलगायतका सबै पक्षसँग समन्वय गरी तत्कालीन र दीर्घकालीन समस्या समाधानको प्रयास थालिएको प्रशासनले जानकारी दिएको छ ।

‘अहिले जाम व्यवस्थापनका लागि प्रत्येक सय मिटरमा प्रहरी परिचालन गरिएको छ । क्रेन र डोजर जस्ता साधन स्ट्यान्डबाई छन् । खाल्डाखुल्डीमा बालुवा र गिटीको व्यवस्था गरेर पुर्ने काम भइरहेको छ, हाल सवारी आवागमन सहज बनेको छ,’ उनले भने । दशैंको समयमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै सहज बनेको सवारी आवागमनलाई निरन्तरता दिन सबै निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । यात्रुले असहजता महसुुस नगर्ने गरी जाम हटाउने काम भइरहेको उनको भनाइ छ । राजधानी दैनिकबाट