८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह

दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि

दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि
अ+ अ-

भोजपुर । भोजपुर आम्तेकका ३२ वर्षीय चन्द्र खड्का असोज ३ गते काठमाडौं पुगे। उनलाई वैदेशिक रोजगारको सिलसिलामा कतार जान भिषा प्रक्रिया मिलाउनु थियो। तर काठमाडौं पुग्नासाथ घरबाट बाबुको देहान्तको खबर पाएपछि तीन दिन लगाएर घर फर्किए। घर पुग्दा जेठा दाजु सम्मरबहादुर खड्काको अगुवाइमा बाबुको अन्तेष्टिपछि काजकिरिया सुरु भएको थियो। दाजुकोमा कर्म सुरु भएपछि किरिया बस्न पुगेका चन्दलाई दलितसँग विवाह गरेको भन्दै किरिया बस्न नदिएपछि उनी उक्ले १३ दिने किरियाकर्ममा लागे।

दलितकी छोरी बिहे गरेकै कारण आफ्नै दाजु र समाजबाट बहिस्कृत भएर बाबुको मृत्यु संस्कार पूरा गर्न बसेका छन्। ‘यो कस्तो समाज, अनि कस्तो धर्मसंस्कार रु मैले मेरो जन्मदिने बाबुको किरियापुत्री बस्न पनि पाइँन, मेरो के दोष हो? ’ उनले गुनासो पोखे, ‘दलित बिहे गरेँ भन्दैमा मलाई घर र समाजले बहिस्कार गर्ने मेरी पत्नी पनि त मान्छे हुन्। ’ पीडीत चन्द्रका दाजु सम्मरबहादुर, किरियापुत्रीको काम गराउने पण्डित र केहि व्यक्तिले उनलाई बहिस्कार गरेको चन्द्रको भनाइछ।

०६२ सालमा छिमेकी लालबहादुर विश्वकर्माकी छोरी गीता विश्वकर्मासँग प्रेमविवाह गरेका चन्द्र र उनका दाजु सम्मरबीच सम्बन्ध राम्रो नभएपछि छुट्टै बस्दै आएका थिए। विवाहको केहि समयपछि दाजुसँग चन्द्रको सम्बन्ध चिसिएको थियो। घरमा आउजाउ मात्रै नभई बोलचाल नै बन्द थियो। दाजुको घरमा दाजुसँगै बाबुको किरिया बसेका बेला ब्राम्हण लेखनाथ खनालले दाजु सम्मरबहादुरलाई ‘भाइसँगै बसेर जुठो बार्छौ भने म आएर काम गर्दिन, तिम्रो भाइलाई छुदिनँ’ भनेर आफूलाई सामाजिक बहिष्कार गरेको उनको आरोप छ।

त्यसपछि दाजुले पनि ‘तँ आफ्नो घरमा गएर जुठो बार्, म मेरो घरमा बार्छु, यहाँ नआइज’ भनेर तिरष्कार गरेको उनले बताए। घटनापछि गीताका माइतीले पनि न्यायको माग गरेका छन्। आफ्नी छोरी र ज्वाँइप्रति जातिय भेदभाव गर्नेलाई कानुनी कारबाही हुनुपर्ने गिताका यस्तो व्यवहार देखाउनेलाई कारबाही हुनुपर्ने गीताका बावु लालबहादुर विश्वकर्माले बताए। बाबुको किरीयाबाट बहिष्कृत भएपछि शुक्रबार पीडीत चन्द्रले जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका छन्।

प्रहरीले पनि इलाका प्रहरी तिवारीभञ्ज्याङको टोली खटाई दाजु सम्मरबहादुर, पण्डित लेखनाथ र छिमेकी दाजुभाइसँग पीडीत पक्ष राखेर मिलापत्र गर्ने कोसिस गरेको थियो। तर त्यहाँ कुनै निस्कर्ष निस्केन। सहमति नभएपछि पीडीतको जाहेरी अनुरुप कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको डीएसपी नरबहादुर मगरले बताए। अन्नपुर्णपोष्ट दैनिकबाट