८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह

ट्राफिक नियम पालना नगर्दा नै जामले सर्वसाधारणलाई सकस

ट्राफिक नियम पालना नगर्दा नै जामले सर्वसाधारणलाई सकस
अ+ अ-

काठमाडौँ, असोज १२ गते । चाडपर्व नजिकिएसँगै राजधानी उपत्यकामा ट्राफिक जामको सस्ती खेपिनसक्नु भएको छ । जामको तनाव त छँदैछ, दुर्घटनाका घटना पनि चाडपर्वकै बेला बढ्ने गरेको छ । प्रहरी अधिकारीका अनुसार जाम घटाउन निरन्तर प्रयास भइरहे पनि आशातीत सफलता मिल्न सकेको छैन । जाम कम गर्न ट्राफिक नियम परिपालनालाई अझ कडाइ गरिएको प्रहरीको दाबी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चाडवाडको बेला ट्राफिक नियम पालनामा अझ कडाइ गर्न थालिएको छ । त्यसक्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ‘बोली व्यवहारमा विनम्रता र कानुनी कारबाहीमा कडाइ’ गरिने छ । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले दसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका बोल चालकको लापरबाहीका कारण दुर्घटना बढी हुने भएकाले ट्राफिक नियममा कडाइ गरिएको बताएका हुन् ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न चाडवाड लक्षित विशेष कार्ययोजना लागू गर्ने विषयमा स्पष्ट पार्दै उनले ट्राफिक नियमको पूर्णपालना गर्न आग्रह गरे। ट्राफिक नियमप्रतिको लापरबाहीका कारण अन्य समयको तुलनामा चाडवाडमा दुर्घटना बढी हुने गरेको स्मरण गराउँदै उनले भने, ‘‘ट्राफिक प्रहरीको आँखा छलेर सवारी चलाउनेहरू दुर्घटनाका कारक हुन् ।’’ दुर्घटनाको मुख्य कारक पनि चालकको लापबाही हो । उनका अनुसार, सडकमा ट्राफिक प्रहरी देखिएन भन्दैमा लापरबाही ढङ्गले सवारी चलाउँदा आफू मात्र होइन अन्य सर्वसाधारण समेत दुर्घटनाको शिकार हुनसक्छन् ।

त्यस्तै उपत्यकालाई जाममुक्त बनाउन ट्राफिक जनशक्ति थप्ने र हेभी लोड बोकेर आएका गाडीहरू सडकमै बिग्रिएमा तत्काल क्रेन लगाएर किनारामा सार्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । सरकारी चालकले पनि बारम्बार ट्राफिक नियम उलङ्घन गर्ने गरेको जानकारी दिँदै उनले त्यस्ता चालकहरूलाई ट्राफिक नियम र सवारी सञ्चालनसम्बन्धी प्रशिक्षण दिई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको बताए ।

उपत्यकाको मुख्य व्यापारिक केन्द्र न्युरोड, असन, इन्द्रचोक बजारक्षेत्रमा निजीबाहेकका सवारी साधन छिर्न नदिने र यस क्षेत्रको सवारी जाम घटाउन वैकल्पिक सवारी पार्किङको व्यवस्था गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । ट्राफिक नियमको उलङ्घन गर्ने, मापसे गरी सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, जेब्रा क्रसिङको अर्थ नबुझ्ने, जथाभावी सवारी पार्किङ गर्ने, ध्वनि तथा धुवाँ प्रदूषण बढाउने चालकविरुद्ध कानुनी कारबाही कडाइका साथ लागू गरिएको छ ।

महाशाखाका अनुसार, यो हप्तामा मात्र ५९९ वटा सवारी साधन कारबाहीमा परेका छन् । तीमध्ये ३५४ मदिरा सेवन गरी सवारी चलाएको, लामो दूरीमा चल्ने तीनवटा बसलाई दुइटा चालक नराखेको अभियोगमा कारबाही गरिएको छ । त्यस्तै उपत्यकाको भित्री चोकहरूमा सवारी ‘क्यु’ लाग्नु जामको समस्या नभई ट्राफिक बत्तीको समस्या हो भन्दै उनले हाल बन्द रहेका वा बत्ती नभएका चोकहरूमा छिट्टै ट्राफिक बत्ती जडान गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक बत्ती जडान गर्न निरन्तर लागिपर्नु भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार, मुलुकभर करिब ३५ लाख ३९ हजार सवारी साधनहरू दर्ता भएका छन् । तीमध्ये बागमती अञ्चलमा मात्र करिब ११ लाख ७२ हजार दर्ता भएका छन् । गोरखापत्र दैनिकबाट