८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह

चाडपर्वमा खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या धेरै

चाडपर्वमा खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या धेरै
अ+ अ-

धादिङ । दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ । पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खु लगायतका स्थानमा आएका छन् ।

जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुर बताउँछन् । बालुवा मजदुर रामकुमार राईका अनुसार दैनिक सामान्यतया २५ सयदेखि चार हजार रुपियाँसम्म आम्दानी हुन्छ । जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटन पनि बढ्दै जान्छ ।

पर्व खर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेका छन् । खाली खुट्टा त्रिशूली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकाल्दैमा मजदुरको दिन बित्ने गरेको छ । नदी र खोलामा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले कडाइ गरेपछि त्रिशूली नदीको भेलसँग पौँठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ । त्रिशूली नदीमा बालुवा निकाल्न स्थानीयभन्दा धेरै बाहिरी जिल्लाका मजदुर जम्मा भएका हुन्छन् ।

हरेक वर्ष वर्षात्को समयमा त्रिशूली नदीबाट बालुवा निकाल्नका लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट मानिस आउने गर्छन् । ठूला चाडपर्वहरू पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको उनीहरू बताउँछन् । खोटाङबाट बालुवा निकाल्न धादिङको बैरेनीस्थित त्रिशूली नदी किनारमा आएका सन्तोष राई भन्नुहुन्छ, चाडबाड मनाउन सजिलो छैन, पैसा निकै खर्च हुन्छ, सोही खर्च जोहोका लागि नदीमा बालुवा झिक्न आएको हो ।

वर्षात्को समयमा भन्दा अरू बेला बालुवा निकाल्न पाइँदैन, सकिँदैन पनि । अलि बढी दुःख र जोखिम भए पनि कमाइ राम्रै हुन्छ । बालुवा मजदुर राई भन्छन्, “तीन महिना मज्जासँग दुःख गर्यो भने छ महिनालाई घरखर्च चलाउनका लागि अन्य काम गर्नुपर्दैन ।” त्रिशूली नदी र यस वरपरका खोलाबाट बालुवा झिक्ने मजदुर समूह–समूह बनाएर काम गर्दछन् । एक टिप्पर बालुवा निकालेबापत ठेकेदारबाट मजदुरले सात हजार रुपियाँसम्म पाउने गरेका छन् । १०/१५ जनाको समूह बनाएर बालुवा निकाल्ने गरेका मजदुरले नदीमा ठूलै भलबाढी आएको दिनमा चार टिप्परसम्म बालुवा निकाल्ने गरेका छन् ।

स्थानीय निकाय, बालुवा ठेकेदारहरूको मिलेमतोका कारण मजदुरले निकालेको बालुवा बिक्री नहुने, कम पैसामा बेच्नुपर्नेजस्ता समस्या पनि प्रशस्त छन् । वर्षात्को समयमा त्रिशूलीमा बालुवाको मात्रा बढ्छ । बढी बाढी आउने समय जेठ, असार, साउन, भदौ र असोजमा बालुवा निकाल्ने मजदुर त्रिशूली नदीमा भेटिन्छन् तर जहाँतहीँ डोजरको प्रयोगले बालुवा उत्खनन गर्दा हातैले बालुवा निकाल्ने मजदुरलाई समस्या पर्ने गरेको छ ।

बालुवा मजदुर साने राई हिउँदमा डोजरको प्रयोगबाट बालुवा निकालिँदा सो स्थानमा वर्षात्को समयमा समेत काम गर्न कठिन हुने गरेको बताउछन् । सुरक्षाको कुनै पनि विधि नअपनाउँदा बालुवा निकाल्ने मजदुरको ज्यान जोखिममा रहेको छ । गोरखापत्र दैनिकबाट