१ श्रावण २०८३, शुक्रबार
,
Latest
नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग एक वर्षमा २२ गैँडा मरे उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली



अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय झुटलाई नै सत्यका रूपमा स्थापित गर्ने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका छन्। उनले यसलाई जर्मनीका पूर्व नाजी प्रचारमन्त्री पल जोसेफ गोयबल्सको प्रचारशैलीभन्दा पनि अगाडि बढेको भन्दै ‘महागोयबल्स’ शैलीको संज्ञा दिएका छन्।

शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाजमा सत्य र असत्यको सीमारेखा धमिलिन थालेको बताए। उनका अनुसार अहिले कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो सावित गर्ने प्रयास भइरहेको छ।

‘हाम्रो समाजमा यतिबेला सत्यलाई असत्य र असत्यलाई सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ। मानिसहरूले त्यसलाई सहजै विश्वास गर्न थालेका छन्,’ उनले भने, ‘यसअघि यसलाई गोयबल्स शैली भन्ने गरिन्थ्यो, अहिले त त्योभन्दा पनि अगाडि बढेर महागोयबल्स शैली विकसित भएको देखिन्छ।’

अध्यक्ष ओलीले झुटलाई निरन्तर दोहोर्‍याएर जनमानसमा सत्यको रूपमा स्थापित गर्ने अभ्यास लोकतान्त्रिक समाजका लागि चुनौतीपूर्ण भएको उल्लेख गरे।

कार्यक्रममा उनले एमालेको आधिकारिक वेबसाइट र मोबाइल एपको नवीन संस्करण सार्वजनिक गर्दै सूचना प्रविधिको प्रभावकारी उपयोगमार्फत पार्टी संगठनलाई थप आधुनिक, व्यवस्थित र जनमुखी बनाउने लक्ष्य रहेको बताए। डिजिटल माध्यमको विस्तारले पार्टीका गतिविधि, सूचना र संगठनात्मक कामलाई अझ प्रभावकारी बनाउने विश्वास पनि उनले व्यक्त गरे।