२५ असार २०८३, बिहीबार
,
Latest
टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल सरकारले साँच्चिकै संविधान संशोधन गर्न खोजेको भए संविधानका आधारभुत मूल्य–मान्यतामा प्रवेश नगर्ने निर्णय क्याबिनेटबाट गरोस्ः… पार्टी एकताका लागि महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको हुँ, मन्त्री पदसँग कुनै सम्झौता भएको छैनः कविन्द्र… पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मन्दिरमा पशुपन्छीको बलि रोक्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । भारतको त्रिपुरा हाइकोर्टले राज्यका सबै मन्दिरमा पशुपन्छीको बलि रोक्न आदेश जारी गरेको छ।

शुक्रबार हाइकोर्टले भारतको संविधानको धारा २१ अन्तर्गत सबै जनावरको बाँच्न पाउने मौलिक हक भएको भन्दै यस्तो आदेश गरेको हो।

द बायरका अनुसार हाइकोर्टको मुख्य न्यायाधीश सञ्जय करोल र न्यायाधीश अरिन्दम् लोधको इजलासले सार्वजनिक सरोकारको एक याचिकामा सुनुवाई गर्दै यस्तो आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘राज्यसहित अन्य कसैको पनि राज्यभित्र कुनै पनि मन्दिरको प्राङ्गणमा पशुरपन्छीको बलि दिने अनुमति हुने छैन।’

इजलासले सबै जिल्ला अधिकारी र प्रहरी अधीक्षकलाई पनि यो आदेश कार्यान्वयन गर्न सुनिश्चित गर्न आदेश गरेको छ।

इजलासले राज्यको मुख्य सचिवलाई दुई प्रमुख मन्दिर देवी त्रिपुरेश्वरी मन्दिर एवं चतुरदास देवता मन्दिरमा तत्काल सीसीटिभी क्यामेर लगाउनसमेत आदेश गरेको छ।

यी दुई मन्दिरमा ठूलो संख्यामा पशु बलि दिने गरिएको छ।

अदालतले मन्दिरमा कुनै जनावरको बलिदान, धर्मको एक हिस्सा नभएको भन्दै भारतको संविधानको धारा २१ को उल्लंघन हुने भनेको छ।

अदालतका एक सेवानिवृत्त न्यायिक अधिकारी सुभाष भट्टचार्जीले अन्धविश्वासका आधारमा मुख्य मन्दिर माता त्रिपुरेश्वरी देवी र चतुरदास देवता मन्दिरमा देवीदेवताका लागि दिने बलि रोक्न माग गर्दै जनहित याचिका दायर गरेका थिए।

याचिकाको सुनुवाई गर्दै हाईकोर्टले यस्तो निर्देशन जारी गरेको हो।




भर्खरै