१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प



अ+ अ-

वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार इरानले एक अमेरिकी महिलालाई रिहा गरेपछि यसलाई ‘शुभेच्छाको इशारा’ भनेर प्रशंसा गर्नुभएको छ । उहाँले रिहा हुनुभएकी महिला सन् २०२४ को डिसेम्बरदेखि इरानमा थुनामा रहनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै लेख्नुभएको छ, “इरानी नियन्त्रणबाट रिहा हुनुभएका अमेरिकी महिलाले इरानबाट सुरक्षित रूपमा बाहिर निस्किएको बताउनुभएको छ ।”

उहाँले भन्नुभयो, “इरानले सन् २०२४ डिसेम्बरमा ‘जो बाइडेन’ को राष्ट्रपति कालमा गलत रूपमा थुनिएको एक अमेरिकी नागरिकलाई इरान छोड्न अनुमति दिएको छ । उहाँ अहिले इरानबाहिर सुरक्षित हुनुहुन्छ र उहाँको स्वास्थ्य राम्रो छ। संयुक्त राज्य अमेरिकाले इरानको यो शुभेच्छाको इशाराको प्रशंसा गर्दछ!”

सीएनएनका अनुसार यस बिषयमा सीएनएनले ह्वाइट हाउस र राष्ट्रपतिका विशेष प्रतिनिधिको कार्यालयसँग प्रतिक्रिया मागेको थियो तर यसबारे थप जानकारी प्राप्त हुन सकेन । राष्टपति ट्रम्पले दिएको जानकारीमा महिलाको नाम उल्लेख गर्नुभएको छैन र उहाँको रिहाइको थप विवरण दिनुभएको छैन ।

अन्तर्राष्ट्रिय मानव अधिकार वकिल जारेड गेन्सरले एक्समा पोस्ट गर्दै उहाँको रिहाइको पुष्टि गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “म अत्यन्त खुशी छु कि सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फसेकी मेरा सेवाग्राही अमेरिकी नागरिक डेना करारीे सन् २०२४ को डिसेम्बरदेखि इरानमा झुटा आरोपमा फस्नुभएको थियो अब स्वतन्त्र हुनुभएको छ ।”

गेन्सरले रिहाइका लागि राष्टपति ट्रम्पलाई श्रेय दिँदै भन्नुभयो, “राष्ट्रपति ट्रम्पको असाधारण र निरन्तर प्रयासबिना यो सम्भव थिएन। डेना अब सुरक्षित हुनुहुन्छ र अमेरिका फर्किंदैहुनुहुन्छ । सीएनएनका अनुसार, करारीलाई थुनामा राखिएको आरोप लगाइएको र पछि धरौटीमा रिहा गरिएको थियो तर उहाँमाथि बाहिर निस्किनबाट प्रतिबन्ध थियो, जसले अहिलेसम्म उहाँलाई इरान छोड्न मिलेको थिएन ।

सीएनएनले गत महिनासम्म अमेरिकी सरकारले इरानमा थुनामा रहेका कम्तीमा छ जना अमेरिकीको ‘ट्र्याकिङ’ गरिरहेको जनाएको छ, जसमध्ये दुई जनालाई आधिकारिक रूपमा गलत थुनामा परेको मानिएको छ।

ट्रम्पको यो पोस्ट इरानसँगको चलिरहेको द्वन्द्वको समयमा आएको हो। पेन्सिलभेनियाको डिफेन्स एण्ड इनोभेसन समिटमा उहाँलाई इरानमाथि हमला गर्न कुनै डेडलाइन दिनुभएको छ कि भनी सोधिएको अर्को एक प्रश्नमा राष्ट्रपति ट्रम्पले जवाफ दिनुभयो, “मलाई डेडलाइन दिन मन लाग्दैन, तर उनीहरूलाई राम्रोसँग थाहा छ । उनीहरूले कथा बुझेका छन्। उनीहरूले राम्रो व्यवहार गर्नुपर्छ।”

मंगलबार फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले ‘यदि इरान वार्ताको टेबलमा नफर्केमा अमेरिकाले आगामी हप्ताबाट इरानी पावर प्लान्ट र पुलहरूलाई लक्षित गर्न थाल्नेछ’ भनी चेतावनी दिनुभएको थियो ।

उहाँले भन्नुभएको थियो, “हामी उनीहरूलाई भोलि राति निकै कडा प्रहार गर्नेछौँ। अर्को रात पनि कडा प्रहार गर्नेछौँ। अनि अर्को हप्ता उनीहरूका लागि निकै खराब हुनेछ, किनकि अर्को हप्ता पावर प्लान्ट र पुलहरूको पालो आउनेछ । हामी उनीहरूका सबै पावर प्लान्ट र पुलहरू ध्वस्त पार्नेछौँ, जबसम्म उनीहरू वार्ताको टेबलमा आउँदैनन्।”| रासस




भर्खरै