३२ असार २०८३, बिहीबार
,
Latest
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै अमेरिकी नागरिकको रिहाइ ‘शुभेच्छाको इशारा’ : राष्ट्रपति ट्रम्प हङ्गेरीः ओरबानका पूर्व विदेशमन्त्रीद्वारा संसद् पदबाट राजीनामा किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण नेपाली क्रिएटरहरूको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच संस्थागत सहकार्य सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक: कार्यवाहक प्रमुख डंगोल मुक्त कमैया–कमलरीको पुनःस्थापना र थर सूचीकरण टुङ्ग्याउन सरकारलाई थारू आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति यादव स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी आज अपराह्न स्वदेश फर्कनुभएको छ ।

उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्री शिशिर खनालले स्वागत गर्नुभयो । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादवले बुधबार कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँग भेटवार्ता गरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो । रासस