८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

निगमको ओसाका उडान खस्किदो अवस्थामा, इन्धन खर्च पनि धान्दैन

निगमको ओसाका उडान खस्किदो अवस्थामा, इन्धन खर्च पनि धान्दैन
अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगमले इन्धन खर्चसमेत नउठ्ने गरी काठमाडौं –ओसाका उडान सञ्चालन गरेको छ । भदौ १२ गतेदेखि एक महिनामा निगमले गरेको १० उडानमा इन्धनमा मात्र ६ करोड रुपैयाँ खर्च भएको छ । तर, यात्रुबाट भने ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको छ । हवाई क्षेत्रमा कुल खर्चमध्ये इन्धनको लागत ३५ प्रतिशत मात्र पर्छ ।

निगमका अनुसार २ सय ७४ सिट क्षमता भएको एयर बस ३३० ले भदौ १२ बाट ओसाका उडान भर्दा औसतमा १३.९ प्रतिशत मात्र यात्रु पाएको छ । उताबाट फर्किंदा भने ३२.८५ प्रतिशत पाएको छ । यस्तो उडानबाट प्रशासनिक खर्चको त कुरै छाडौँ, इन्धन खर्चसमेत नउठेपछि निगम दिनदिनै समस्यामा पर्दै गएको छ । उक्त जहाजले सातामा तीनवटा उडान गर्ने तयारीसाथ उडान सुरु गरेको थियो । तर, यात्रु नपाएपछि साताको दुईवटा मात्रै उडान गर्दै आएको छ ।

कति लाग्छ इन्धन ?
निगमको वाइडबडीले प्रतिघन्टा ५.५ टन (५५०० लिटर) इन्धन खपत गर्छ । निगमलाई ओसाका उडानमा सामान्यतया ७ घन्टा लाग्छ । यसरी काठमाडौंदेखि जापान पुग्दा जहाजले करिब साढे ३८ टन इन्धन खपत गर्छ । नेपालमा हवाई इन्धनको मूल्य प्रतिटन १ हजार डलर छ । यसअनुसार जहाज ओसाका पुग्न इन्धनमा मात्रै ३८ हजार ५ सय डलर (करिब ४३ लाख ५० हजार) खर्च हुन्छ ।त्यस्तै, ओसाकाबाट काठमाडौंमा आइपुग्न पनि ७ घन्टा नै लाग्छ ।

तर, जापानमा भने इन्धन प्रतिटन करिब ६ सय डलरमा खरिद गर्न सकिन्छ । यसअनुसार २३ हजार १ सय डलर (२६ लाख १० हजार रुपैयाँ) खर्च हुन्छ । जहाजले काठमाडौं–ओसाका दुईतर्फी उडान गर्दा इन्धन खर्च मात्रै ६९ लाख ६० हजार रुपैयाँ पर्न आउँछ । कुनै पनि उडानमा हुने कुल सञ्चालन खर्चमध्ये इन्धनलाई ३५ प्रतिशत मानिन्छ । बाँकी ७५ प्रतिशत खर्च भने पाइलट, जहाजका कर्मचारी, क्याटरिङ, अवतरण, बैंक ब्याज, इन्धन, जहाजको ह्रास मूल्यलगायतलाई छुट्याइन्छ ।

यसैलाई आधार मान्दा एकपटकको उडानमा सञ्चालन खर्च मात्रै १ करोड ९८ लाख रुपैयाँसम्म हुने निगमका एक अधिकारीले बताए । निगमले हालसम्म गरेको १० उडानमा ६ करोड ९६ हजार रुपैयाँ इन्धन खर्च गरेको छ । बाँकी ७५ प्रतिशत अन्य खर्च जोड्दा निगमको कुल सञ्चालन खर्च १७ करोड ८९ लाख रुपैयाँ हुन आउँछ । तर, निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार यो एक महिनामा निगमले १ हजार ४ सय ६४ यात्रुलाई सेवा दिएको छ ।

निगमले हाल प्रवद्र्धनका लागि दोहोरो भाडादर ७२ हजार रुपैयाँ तोकेको छ । यस आधारमा निगमले यात्रुबाट ५ करोड १६ लाख २४ हजार रुपैयाँ मात्र संकलन गरेको देखिन्छ । यो १० उडानमा मात्र निगमले साढे १२ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ ।

नाफा हुने गन्तव्य छाडेर घाटाको रोजाइकुनै पनि वायुसेवा कम्पनीले उडान भर्नुअघि उक्त क्षेत्रमा हुने व्यापारको विश्लेषण गर्नुपर्छ । तर, निगमले सरकारको दबाब र अरूलाई देखाउनका लागि घाटामा भए पनि ओसाका उडान गरिरहेको छ । निगमसम्बद्ध एक अधिकारीका अनुसार दोहा, दुबई तथा दिल्लीका लागि यात्रुको चाप अहिले अत्यधिक छ । दोहामा कतार एयरलाइन्सले दिनमा चारवटा उडान गर्छ । तर, निगमले भने एउटा मात्रै उडान गर्दै आएको छ ।

त्यस्तै, दुबईका लागि अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले १० वटा उडान गर्छन्, तर निगमले भने एउटा मात्रै उडान गरिरहेको छ । प्रशस्त नाफा हुने गन्तव्य छोडेर जानाजानी घाटाको व्यापार गरेको निगमकै अधिकारीहरू बताउँछन् । ‘यस विषयमा निगम जानकार छ । तर, कुन उद्देश्यका साथ ओसाका उडान सुरु गरिएको हो थाहा पाउनै गाह्रो भयो,’ एक अधिकारीले भने ।

ओसाका भनेको जापानको व्यापारी क्षेत्र हो । जहाँ नेपाली कमै मात्रा छन् । तर, नारितामा उडान गर्ने हो भने तुलनात्मक रूपमा यात्रु बढी भेटिने उनको भनाइ छ । नारिता टोकियोमा भएका कारण र ट्रान्जिट प्वाइन्ट भएकाले पनि यात्रु बढी भेटिने उनको जिकिर छ । यता, निगमका प्रवक्ता चन्द भने आगामी केही समयमै निगमले नाफाको व्यापार सुरु गर्ने दाबी गर्छन् । ‘व्यापार आजको भोलि नै नाफामा जाँदैन । हामी प्रचार–प्रसार गरिरहेका छौँ,’ उनले भने, ‘तत्काल परिणाम खोज्नुहुँदैन । व्यवसायमा समय लाग्छ ।’

ओसाका उडान थप गर्दै निगम
नेपाल वायुसेवा निगमले काठमाडौं–ओसाका उडान साताको तीनपटक नै गर्ने भएको छ । ओसाकाबाट काठमाडौं आउने यात्रुको चाप बढेपछि निगमले उडान थप गरेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताए । उनका अनुसार गत सेटेम्बर २१ देखि ओसाकाबाट काठमाडौंमा दुई सयभन्दा बढीले यात्रा गरेका छन् । त्यसैले अब मंगलबार, बिहीबार र शनिबार निगमले उडान गर्ने भएको छ ।

चाडपर्व नजिकिँदै गर्दा जापानबाट नेपाल भित्रिने यात्रुको चाप बढेपछि निगमले उडान थप गरेको चन्दले बताए । ‘सेटेम्बरको अन्त्यदेखि सामान्यतया सिजन सुरु हुन्छ । दसैं–तिहारमा फर्किने यात्रु पनि हुन्छन् । त्यसैले, आगामी दिनमा काठमाडौंबाट ओसाका जाने यात्रु पनि बढ्नेछन्,’ उनले भने ।

‘निगमको सेक्टर विश्लेषण क्षमता कमजोर’
नेपाल वायुसेवा निगमको सेक्टर विश्लेषण गर्ने क्षमता अभाव स्पष्ट देखिएको निगम सुधार सुझाब कार्यदललको प्रतिवेदनले जनाएको छ । नेपाल सरकारलगायत उच्च राजनीतिक नेतृत्वले जापानको नारिता उडान गर्नुपर्ने निर्देशन दिए पनि निगमले ओसाका उडान गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आफैँले नियुक्त गरेको जिएससँग अन्तिम समयमा आएर अदालती प्रक्रियामा गएको र तीनवटा उडानबाट घटाएर दुईवटा बनाउने निगमको क्षमता कमजोर भएको देखिने प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट