३२ असार २०८३, बिहीबार
,
Latest
भेनेजुएलाका विपक्षी नेताको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा सिँचाइ सुविधासँगै फेरिएको दाङको कृषि प्रणाली प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन नेपाल–भारत ऊर्जा सहकार्य सुदृढ, विद्युत् निर्यात क्षमता १,६५० मेगावाटसम्म बढाइने अमेरिकामा आदिकवि भानुभक्तको शालिक अनावरण प्रधानमन्त्री वालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज छलफल गर्दै मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू)



अ+ अ-

काठमाडाैँ । अविरल वर्षापछि पोखराको फेवातालले नयाँ र विशाल स्वरूप ग्रहण गरेको छ । लामो समयको वर्षापछि तालको जलस्तर बढ्दा यसले आफ्नो ऐतिहासिक प्राकृतिक आकार ब्युँताएको आभास गराएको छ । तालको मुहान क्षेत्रबाट बगेर आएको भलका कारण सिमसार र आसपासका खेतबारीहरू पूर्ण रूपमा जलमग्न भएका छन् ।

वर्षा थामिएपछि तालको सतह यति शान्त र कञ्चन देखिएको छ कि वरिपरिका पहाड र कुहिरोको प्रतिबिम्ब पानीमा स्पष्ट देखिन्छ । यस मनमोहक दृश्यलाई कैद गर्न र तालको बदलिएको स्वरूप अवलोकन गर्न लेकसाइड क्षेत्रमा स्थानीय तथा पर्यटकहरूको भीड लाग्न थालेको छ । यद्यपि, बढेको जलस्तरले केही चुनौती र गम्भीर प्रश्नहरू पनि खडा गरेको छ ।

पोखरा महानगरपालिकाले फेवातालको सीमाना छुट्याउन गाडेका ‘जङ्गी पिल्लर’हरू र ‘तालघर’ भनिएको क्षेत्रसमेत अहिले पानीमा डुबेका छन् ।–न्युज एजेन्सी नेपाल