३२ असार २०८३, बिहीबार
,
Latest
मन्त्री यादव र अमेरिकी कार्यबाहक राजदुतबिच भेटवार्ता,अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू) राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालत जनकपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट, पुराना मुद्दाको संख्या शुन्यमा



अ+ अ-

जनकपुर। उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२–०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ ।

अदालतले तोकेको वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको हो । अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा रहेका थिए ।

तीमध्ये ७०.८८ प्रतिशत अर्थात ४ हजार ६ सय १९ मुद्दा फस्र्यौट भइसकेको अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले जानकारी दिनुभयो ।

हाल १ हजार ८९७ मुद्दा मात्र विचाराधीन अवस्थामा रहेका छन् । विशेष गरी पुराना मुद्दा फस्र्यौटलाई प्राथमिकतामा राखेर रणनीतिक योजनाका साथ कार्यसम्पादन गरिएकाले १८ महिना तथा दुई वर्ष नाघेका सबै मुद्दाहरू शुन्यमा झार्न सफल भएको अदालतले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यसम्पादनमा प्रभावकारिता ल्याउँदै निर्धारित लक्ष्यभन्दा बढी अर्थात ४ हजार ६१९ मुद्दा फस्र्यौट गरिएको छ ।

अदालतले आगामी आर्थिक वर्षमा ६ हजार ८२६ नयाँ मुद्दा दर्ता हुनसक्ने अनुमान गरेको छ । –न्युज एजेन्सी नेपाल