४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण

नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण
अ+ अ-

काठमाडाैँ । नेपालमा भैँसीको नश्ल सुधार तथा दुध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त १५ वटा मुर्रा राँगाबाट ४८ हजार ८५६ डोज वीर्य सङ्कलन गरी किसानलाई वितरण गरिएको छ । मुर्रा उच्च दूध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो । जुन मूल रुपमा भारतको पञ्जाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो ।

यो भैँसी व्यावसायिक रुपमा निकै लाभादायक मानिन्छ । पशु सेवा विभागका सूचना अधिकारी डा इन्दिरा शर्माले भारतबाट उपहार स्वरूप प्राप्त मुर्रा राँगाबाट हालसम्म कूल एक लाख ३० हजार ४२४ डोज वीर्य जम्मा गरिएको बताउनुभयो । उहाँले ४८ हजार ८५६ डोज वीर्य विभिन्न कृत्रिम गर्भाधानका लागि किसानसम्म पु¥याइएको बताउनुभयो ।

उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले विसं २०८० मङ्सिरमा उपहार स्वरूप उपलब्ध गराएको हो । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा सात, लहानमा पाँच र नेपालगञ्जमा तीन गरी १५ वटा मुर्रा राँगाबाट कृत्रिम गर्भाधानका लागि वीर्य जम्मा गरिँदै आएको छ । “मुर्रा राँगाबाट वीर्य सङ्कलन र वितरण निरन्तर भइरहेको छ ।

कृत्रिम गर्भाधानबाट पाडा जन्मिन थालेका छन् । तर यसबाट दूध उत्पादन र नश्ल सुधारमा कति प्रभाव परेको छ भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्ने अवस्था छैन”, डा शर्माले भन्नुभयो । मुर्रा जातको भैँसीले एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिन्छ । जब नेपालका विभिन्न स्थानीय क्षेत्रका स्थानीय जातका भैँसीले सरदर एक हजार ५०० देखि एक हजार ६०० लिटरसम्म दूध दिन्छन् ।

कृत्रिम गर्भाधान प्रविधिको विस्तारसँगै उन्नत नश्लका भैँसी उत्पादन हुने, किसानको उत्पादन लागत घट्ने तथा दुग्ध उत्पादनमा वृद्धि भई पशुपालन व्यवसाय थप व्यावसायिक बन्ने अपेक्षा गरिएको पशु सेवा विभागले जनाएको छ ।