८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
अ+ अ-

नवलपरासी। नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो ।

“बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्धको गरी नारायणी नदीको नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ”, पौडेलले भन्नुभयो, “नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर (नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउनेगरी गरिने तटबन्ध), कङ्क्रिट पर्कोपाइन (छवटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्रा राखेर कसेपछि नदीमा हालिने तटबन्ध) एवं कङ्क्रिट रिटेनिङ वालहरू प्रयोग गरिएका छन् ।”

बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फ छ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नं ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिनुभयो ।

“नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशतमात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “नदी तटबन्धसँगै तटबन्धमाथि छ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ ।” यस आयोजनाअन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उहाँले जानकारी दिनुभयो । बिग बुल्डरको काम पूरा भएको भन्दै उहाँले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरैमात्र बाँकी रहेको बताउनुभयो ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्यधाममा समेत कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उहाँले जानकारी दिनुभयो ।

नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्यधामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताउनुभयो । यो आयोजनाको काम रु दुई करोड १७ लाखमा निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । रासस