८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टिकट पाउनै मुस्किल, चाडबाडको मौका पारेर यात्रुहरुलाई खुलेआम ठक्दै बस व्यवसायीहरु

टिकट पाउनै मुस्किल, चाडबाडको मौका पारेर यात्रुहरुलाई खुलेआम ठक्दै बस व्यवसायीहरु
अ+ अ-

काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ ।

चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ । काठमाडौंदेखि दिक्तेलसम्मको भाडा अन्य काउन्टरमा १२ सय लिने गरेमा ती काउन्टरवालाले १५ सय लिने गरेका छन् ।

दिक्तेलसम्म सुमोले १८ सयसम्म लिने गरेकोमा उनीहरूले अहिले २५ सयसम्म लिने गरेको पाइएको छ । खोटाङ, भोजपुरलगायतका जिल्लामा १५ देखि १९ गतेसम्मका सबै टिकट सकिएको काउन्टरवालाले बताएका छन् । काठमाडौंबाट भोजपुर जाने बसमा पनि रिजर्भका नाममा ठगी भइरहेको छ । कोटेश्वरस्थित चोमलुङ्मा यातायात प्रालिले पनि २ सय बढी लिएर यात्रुबाट बढी भाडा असुलिरहेको पाइएको छ ।

अधिकांश हायस तथा सुमोले महँगो भाडा असुल गरिरहेको यात्रुले गुनासो गरेका छन् । चाडमा जसरी पनि घर जानैपर्ने भएकाले महँगो भाडा दिन बाध्य भएको उनीहरूको दुखेसो छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले तोकिएभन्दा बढी कसैले उठाउन नपाउने र उठाएको पाइए कारबाही हुने बताए । ‘अहिले कसैले पनि बस रिजर्भ नगरून् भनेर नै रुट पर्मिट खुला गरिएको हो । रिजर्भमा पनि तोकिएभन्दा बढी भाडा लिन पाइन्न । लिएको पाइए कारबाही गर्छौं,’ उनले भने ।

महानिर्देशक हमालले सादा पोसाकमा खटिएका प्रहरीले ५–६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले एक रुपैयाँ पनि बढी भाडा नलिन आग्रह गरिएको भन्दै महँगो भाडा नलिएको दाबी गरे ।

‘हामी मातहतको काउन्टरबाट त्यसरी बढी भाडा लिएको होइन होला,’ उनले राजधानीसँग भने, ‘हामीले एक रुपैयाँ पनि बढी भाडा नलिन भनेका छौं ।’ एक व्यवसायीका अनुसार नयाँ बस थपिएको छैन, पानी परिरहेकाले अन्य रुटका बसले अर्को रुटमा जान इच्छा देखाएका छैनन् भने साहुले पनि नयाँ बस थपेका छैनन् ।

टिकट पाउनै मुस्किल यातायात व्यवसायीले यसपटक नयाँ बस नथपेको र अन्यत्र रुटका बस पनि अभाव भएको रुटमा जान इच्छा नदेखाएपछि टिकट नै अभाव भएको छ । व्यवसायीले आफ्नो कम्पनीका ग्रामीण भेगमा चल्ने बसलाई काठमाडौंसम्म ल्याउने प्रयास गरे पनि अन्य विकल्प खोजेको पाइएको छैन । यात्रुको मागअनुसार सबैभन्दा बढी उपत्यकाबाट बाहिरिने चतुर्थी, पञ्चमी, षष्ठी, फुलपाती र अष्टमीका दिन दसैं सुरु भएको घटस्थापनाको दिनभन्दा खासै बढी बस नथपेको पाइएको छ ।

अधिकांश टिकट काउन्टरमा १५ देखि १९ असोजसम्मको बसको टिकट अभाव छ । सरकार र व्यवसायीले भने टिकटको अभाव नभएको जिकिर गर्दै आएका छन् । महानिर्देशक हमालले टिकट अभाव भएको गुनासो अहिलेसम्म नआएको बताए । सरकारले यातायातलाई सहज बनाउन भन्दै १२ असोजदेखि रुट पर्मिट खुला गरेको छ ।

सरकारले यात्रुका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । यात्रुले महँगोमा नै भए पनि घर जानुपर्ने भएकाले गुनासो गर्ने गरेका छैनन् । महानिर्देशक हमाल भने केही समस्या तथा गुनासो भएमा सहायता कक्षमा आएर सम्पर्क गरे पूरै सहयोग मिल्ने बताउँछन् । राजधानी दैनिकबाट