८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चीनको निगरानी गर्ने निँहुमा नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

चीनको निगरानी गर्ने निँहुमा नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’
अ+ अ-

काठमाडौं । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं।

भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले भने, ‘हामीले फोटो खिच्यौं र उनीहरूलाई रोक्न भन्यौं। तर उनीहरू नसुनेझैं गरेर गए।’ साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो। क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए।

छ्यालेकमा नेपालको प्रहरी चौकी छ। चौकीमा २३ प्रहरी छन्। त्यहाँ प्रहरीले नेपाली भूभागमा आएर पटकपटक भारतीय सेनाले गस्ती गर्ने गरेको गुनासो गरेको साउदले बताए। ‘पुलिसले नै भने, माथि भनिदिनुपर्‍यो, यहाँ भारतीय सेना आइरहन्छन्’, उनले भने। चीनलाई निगरानी गर्न भारतीय भूमिबाट अप्ठ्यारो भएकाले नेपाली भूमि प्रयोग गर्ने गरेको स्थानीयले बताएको क्याम्पस प्रमुख साउदको भनाइ छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भारतीय सेनाको गस्तीबारे आधिकारिक जानकारी नभएको बताए। ‘विकट गाउँमा प्रहरी चौकी छ, तर त्यहाँ सम्पर्क हुन गाह्रो हुन्छ,’ उनले टेलिफोनमा भने, आधिकारिक संयन्त्रबाट कुनै जानकारी आएको छैन।’ भारतीय सेनाले नेपाली बस्तीमा आएर धम्काएको, थर्काएको जानकारी नभएको विष्टको भनाइ छ। यो क्षेत्र सदरमुकामबाट धेरै टाढा छ।

सन् १९६२ मा भारत–चीन युद्धको समयदेखि कालापानीस्थित नेपाली भूमिमा भारतीय सेना बसिरहेको छ। कालापानी क्षेत्रको ६२ वर्ग किलोमिटर क्षेत्र ६० वर्षदेखि भारतले कब्जा गरेको छ। कृत्रिम खोला बनाएर भारतले त्यो भूभाग आफ्नै हो भनेर दाबी गरिरहेको छ। करिब ८/१० किलोमिटर टाढा चिनियाँ सेनाको पोस्ट् छ।

नेपालतिर सीमा सुरक्षा पोस्ट छैन। प्रहरी चौकी छ तर त्यो पनि ६ महिना मात्रै त्यहाँ बस्छ। सदरमुकाममा मात्रै सीमा सुरक्षाको खटिएको सशस्त्र प्रहरी छ। प्रमुख जिल्ला अधिकारी विष्टले यस क्षेत्रमा बोर्डर आउटर पोस्ट (बीओपी) राख्न सिफारिस गरेको बताए।

क्याम्पस प्रमुखलाई धम्कीक्याम्पस प्रमुख साउदले भारतीय पक्ष यो सूचना बाहिर ल्याएको भन्दै धम्काएको छ। ‘तपाईं क्याम्पस चिफ जस्तो मान्छे किन बोल्न पर्‍यो भनेर मलाई भनिरहेका छन्’, उनले भने, ‘बोल्दा ठिक हुँदैन, तपाई त जागिरे मान्छे गइहाल्नुहुन्छ, तर जनतालाई अप्ठ्यारो हुन्छ।’ क्याम्पस प्रमुख साउदले नेपाली भूमिमा हतियार र बर्दीसहितको सेनाले गहस्ती गर्न नमिल्ने भएको आफूले कुरा यो कुरा बाहिर ल्याएको बताए।

धक्कीका विषयमा आफूलाई क्याम्पस प्रमुख साउदले जानकारी नदिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताए। सीमा क्षेत्रमा सीसी क्यामरा जडान गरेकाले भारतीय सेना त्यसको नजिक जानसक्ने अवस्था नभएका कारण निगरानीका लागि नेपाल भूमि प्रयोग गरेको स्थानीयले बताएको जानकारी साउदले दिए। दार्चुला सांसद गणेश ठगुन्नाले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट