८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बर्जर पेन्ट्समा मानिसलाई नपुंसक बनाउनेसम्मका घातक रसायनको प्रयोग

बर्जर पेन्ट्समा मानिसलाई नपुंसक बनाउनेसम्मका घातक रसायनको प्रयोग
अ+ अ-

काठमाडौं । नेपालीको चाडपर्व सुरु भएको छ। चाडपर्वसँगै घर रङरोगन गर्ने होडबाजी चल्छ। यसका लागि विभिन्न किसिमका रङको प्रयोग गरिन्छ। तर, सचेत रहनुहोस्– यस्ता रङ पनि छन्, जुन मानव स्वास्थ्यका लागि घातक छन्। बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा मानिसलाई नपुंसक बनाउनेसम्मका घातक रसायनको प्रयोग भइरहेको अध्ययनले देखाएको छ।

रङलाई आकर्षक र चम्किने बनाउने नाममा लिड, मर्करी, कपर, जिंक जस्ता ह्याभी मेटल (गह्रौं धातु) प्रयोग गर्ने गरिएको छ। नेपालमा लिडको मापदण्ड त छ, बाँकी रसायनको छैन। लिडका हकमा पनि मापदण्ड पालना भएको छैन। २०७१ पुस ७ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरी रङमा लिडसम्बन्धी बाध्यकारी मापदण्ड बनाएको थियो।

त्यसका तीन मापदण्ड छन्– १. लिडको मात्रा ९० पीपीएमभन्दा कम हुनुपर्ने, २. हरेक बट्टामा लिडको मात्रा स्पष्ट खुलाएर लेख्नुपर्ने र ३. व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश बट्टामा उल्लेख गर्नुपर्ने। यो मापदण्ड सूचना प्रकाशन भएको मितिले १८१औं दिन अर्थात् २०७२ असार ५ देखि पूर्ण कार्यान्वयनमा आएको छ। बर्जरले भने यी ३ वटै मापदण्ड पालना नगरेको पाइएको छ। भारतको विज्ञान तथा वातावरण केन्द्रले गरेको अध्ययनमा बर्जर पेन्ट्समा १ लाख ६२ हजार ५ सय ५९ पीपीएम लिडको मात्रा पाइएको थियो।

नेपालमा जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्रले पनि यससम्बन्धी अध्ययन गरेको थियो। त्यसमा बर्जरको नमुनामा ९९ गुणा बढी अर्थात् ८ हजार ९ सय १९ पीपीएम लिडको मात्रा पाइएको थियो। त्यसयता यसबारे अध्ययन भएको छैन। सरोकारवाला सरकारी निकायले पनि यसलाई महत्व दिएका छैनन्। नेपाल गुणस्तर तथा नाप तौल विभागका केमिस्ट शुक्रराज अधिकारीले घातक रसायनको विस्तृत अनुसन्धान र परीक्षण नहुने गरेको स्विकारे। उनले बजार अनुगमनका क्रममा नापतौल विभागले संकलन गरेका नमुनाको मात्रै यदाकदा परीक्षण हुने गरेको बताए।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बहुराष्ट्रिय कम्पनीले स्वदेशी कम्पनीलाई निरुत्साहन गर्न नयाँ मापदण्ड ल्याउने गरेको बताए। उनले अन्तर्राष्ट्रिय मापदण्डका नाममा मनपरी रूपमा बहुराष्ट्रिय कम्पनीले रङ बेचिरहेको बताए। पेन्ट्सको फ्ल्यास प्वाइन्टमा समेत समस्या आउने गरेको विभागको भनाइ छ। नेपाल पेन्ट्स उत्पादक संघका अध्यक्ष विश्वप्रकाश शाख स्का अनुसार बर्जरले जिंक क्रोमेट र कोल टार इपोक्सीसमेत आयात गर्ने गरेको छ।

जिंक क्रोमेट ग्यासको सिलिन्डर रंग्याउन प्रयोग गरिन्छ। यो अति चम्किलो हुनुको मुख्य कारण यही रसायन हो, जुन स्वास्थ्यका लागि घातक हुन्छ। यसले क्यान्सर उत्पादन गर्ने जोखिम हुन्छ। आँखा, नाक, घाँटी र छालामा समेत असर पुर्‍याउँछ। त्यस्तै कोल टार इपोक्सी बढी मात्रामा विद्युत्गृहभित्र रंग्याउन प्रयोग गरिन्छ। यसले क्यान्सर निम्त्याउने जोखिम हुन्छ। दुवै विश्व स्वास्थ्य संगठनबाट प्रतिबन्धित हुन्।

यस्ता पेन्ट्स भारतमा उत्पादन गरेर ल्याइन्छ। नेपालका रङ उद्योगले भने ती उत्पादन प्रयोग गर्न पाउँदैनन्। ‘स्वदेशी उद्योगको हातखुट्टा बाँधिएको छ, मापदण्ड यहाँकालाई मात्र लाग्छ’, अध्यक्ष शाख स्ले भने, ‘लिडको कुरा त धेरै परको भयो। यहाँ त विदेशबाट जे पनि ल्याए हुन्छ। कानुन स्वदेशीलाई नै लाग्ने हो।’ नियमकानुनकै कारण स्वदेशी उद्योगले उत्पादन गर्न सक्ने वस्तु पनि विदेशबाट आयात हुने गरेको उनले सुनाए।

सीमा नाकामा परीक्षण गर्ने संयन्त्र नभएका कारण मापदण्डविपरीतका पेन्ट्स प्रशस्त मात्रामा भित्रिरहेका छन्। ‘ग्यास सिलिन्डर र हाइड्रोपावरमा प्रयोग हुने पेन्ट्स लिडको मापदण्डभित्र हुनै सक्दैनन्’, उनले दाबी गरे, ‘जुन नेपाल ल्याएर ठूलो परिमाणमा बिक्रीवितरण भइरहेको छ।’ भारतबाट नेपालमा पठाउने, त्यहाँ प्रयोग हुने पेन्ट्सका गुणस्तर फरक पर्ने गरेका छन्। नेपालमा अनुगमन नहुने भएकाले लिड प्रशस्त पठाए पनि फरक पर्दैन।

धेरै देशले लिडको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्। नेपालमा भने लिडयुक्त पेन्ट्सको मनपरी प्रयोग भइरहेको छ। वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने लिडको मापदण्ड बनाउनेबाहेक विभागबाट कुनै काम भएको छैन। वातावरण विभागका ‘इन्भाइरोमेन्ट इस्पेक्टर’ विष्णु पाण्डेले लिडको मापदण्ड बने पनि यसअनुसार परीक्षण नभएको बताए। ‘लिडको मापदण्ड बनेको छ तर अरू ह्याभी मेटलको मापदण्ड बनेको छैन,’ उनले भने, ‘मापदण्ड बनाउने र योजनामा राख्ने काम मात्रै गरिएको छ।’

त्यही मापदण्ड पनि बदर गर्नुपर्ने माग राख्दै नेपाल पेन्ट्स उद्योग संघलगायत विभिन्न पेन्ट्स उद्योगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। त्यसमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग मन्त्रालय, उद्योग विभाग, जनसंख्या तथा वातावरण मन्त्रालय ९तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय० लगायतलाई प्रतिवादी बनाइएको थियो। सर्वोच्च अदालतले तिनको माग बदर गरिदिएको छ। त्यसयता लिडको प्रयोग झन् बढेको विभागका अधिकारी बताउँछन्।

लिडलगायतका गह्रुँगो धातु प्रयोगले बालबालिका र वृद्धवृद्धालाई असर पार्छ। लिड सबै उमेरका मानिसका अति जोखिमपूर्ण हुन्छ। लिड बालबालिकाको सम्पर्कमा आएमा पढ्ने–लेख्ने क्षमता घट्न सक्ने, आनिबानी तथा हाउभाउमा परिवर्तन आउने, स्नायु, मूत्र, प्रजनन प्रणालीमा गडबडी, मानसिक असर पर्न सक्नेसम्म हुन्छ। यसले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा नकारात्मक प्रभाव पर्‍याउँछ। विश्व स्वास्थ्य संगठनले यसको प्रयोगलाई प्रतिबन्ध लगाएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि लिडको कुनै पनि सुरक्षित मात्रा हुँदैन। लिडबारे अध्ययन गर्ने जनसंख्या तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) का कार्यकारी निर्देशक रामचरित्र शाहले घातक रसायन प्रयोग नरोकिएको बताए। यसबारे बर्जर पेन्ट्सका नेपाल प्रमुखसँग प्रतिक्रिया लिन चाहँदा जनसम्पर्क अधिकारी विनोद महतोले उपलब्ध गराउन असमर्थता जनाए। उनले पनि विभिन्न बहाना गरेर प्रतिक्रिया दिएनन्।

क्यान्सर निम्त्याउने जोखिम घर चम्किलो पार्न पेन्ट्समा प्रयोग गरिने गह्रौं धातुका कारण मानव स्वास्थ्यमा गम्भीर असर गर्ने विज्ञले बताएका छन्। बालबालिकाको शारीरिक एवं मानसिक विकासमा ती हानिकारक हुन्छन्। तिनमा सिसा (लिड), मर्करी (पारो), कपर र जिंक आदि पर्छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सहप्राध्यापक एवं फिजिसियन डा.लोचन कार्कीले तत्कालै र दीर्घकालीन रूपमा स्वास्थ्यमा असर गर्ने बताए। उनका अनुसार यसले श्वासप्रश्वास, छाला र हर्मोनजन्य समस्या देखिन सक्छ। त्यस्तै दीर्घकालीन रूपमा शरीरका अंगमा क्यान्सरजन्य समस्या निम्त्याउने जोखिम हुन्छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठ पनि यस्ता रसायनले स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछन्। ‘के कति परिमाणमा केमिकल्स हालिएको हुन्छ, त्यसबारे पर्याप्त जानकारी दिइएको हुँदैन। तर पनि सिसा र मर्करीको प्रयोग स्वास्थ्यका लागि हानिकारक छ’, उनले भने। अन्नपुर्णपोष्ट दैनिकबाट