८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चितवन मेडिकल कलेज विरुद्धमा फेरी भए विद्यार्थी आन्दोलित

चितवन मेडिकल कलेज विरुद्धमा फेरी भए विद्यार्थी आन्दोलित
अ+ अ-

चितवन । चितवन मेडिकल कलेज विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न तयार नदेखिएको भन्दै विद्यार्थी पुनः आन्दोलित भएका छन् । कलेजले विद्यार्थीसँग लिएको शुल्क फिर्ता वा समायोजन विषयमा गठित अध्ययन समितिले सोमबारसम्मका लागि समय थप गरेको थियो । तर, यसबीचमा कुनै प्रगति नभएको भन्दै विद्यार्थीहरूले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चाडबाडको समय आएकाले आगामी २७ असोजबाट पुनः आन्दोलन थाल्ने विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । ‘अहिलेसम्म प्राप्त बिल भर्पाई हेर्दा सात लाखदेखि २० लाखसम्म अतिरिक्त रकम विद्यार्थीबाट असुलेको भेटियो,’ उनले भने, ‘क्याम्पस व्यवस्थापन अतिरिक्त रकम समायोजन गर्न तयार देखियो, तर फिर्ता गर्न तयार छैन ।’ कलेज व्यवस्थापनले शुल्क फिर्ता गर्नभन्दा पनि समायोजनमा बढी जोड दिएको अध्ययन समितिका सदस्यहरूको भनाइ छ ।

प्रारम्भिक अध्ययनमा शुल्क फिर्ता गर्नुपर्ने देखिए पनि थप अध्ययन गर्न आलटाल गरिरहेको विद्यार्थीहरूको आरोप छ । कलेजका व्यवस्थापक अरुण कोइरालाले केही वर्षअघिदेखिको सबै कागजात खोज्नुपर्ने भएकाले समय लागेको बताए । चाडबाडको समयमा अस्पतालमा अरूखाले व्यस्तता पनि भएकाले अध्ययनका लागि समय छुट्याउन नसकेको उनको भनाइ छ । कलेजसँग ५ असोजदेखि पठन–पाठन सुरु गर्ने सहमति जनाए पनि विद्यार्थीहरू पठन–पाठन र परीक्षामा सहभागी नभएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पताल व्यवस्थापन र विद्यार्थी दुवैबाट सहमतिको उल्लंघन भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्कबारे अध्ययन गर्न सात सदस्यीय अध्ययन समिति गठन गरी १० असोजसम्मका लागि समय दिइएको थियो ।

समितिका सदस्य जिल्ला प्रशासन कार्यालय चितवनका शाखा अधिकृत दिवाकर पौडेलले दुई शैक्षिक वर्षको मात्र बिल भर्पाइ पत्ता लागेको र त्यसअघिका पत्ता नलागेकाले अस्पताल व्यवस्थापन पक्षले केही समय बढी लाग्ने जानकारी गराएको बताए । थपिएको समयमा पनि कुनै उपलब्धि नभएको शुल्क अध्ययन समितिका संयोजक टेकप्रसाद चापागाईंले बताए ।

समयमै प्रतिवेदन तयार पार्न नसकेपछि आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा छलफल भएको थियो । त्यसक्रममा कलेज व्यवस्थापनले विद्यार्थीलाई शुल्क फिर्ता गर्न दिएको अन्तिम समयसीमा १८ कात्तिकभित्र जसरी पनि फिर्ता गर्ने भनेकाले अहिले नै हतारिनु नपर्ने भन्दै विश्वस्त बनाउने प्रयास गरेका थिए । तर, विद्यार्थीले तत्काल प्रतिवाद गरेका थिए । नयाँ पत्रिका दैनिकबाट