३० असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवलेहना सरकार विकासभन्दा विवादमा केन्द्रित भयो, लोकतन्त्रको रक्षामा प्रतिवद्ध बनौँः सन्दीप राना महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्य नरोकियोस्ः सांसद अधिकारी जलन उपचारको प्रभावकारी संयन्त्र र घाइतेहरूको व्यवस्थापन गर्न सरकारसँग सांसद खुश्बु ओलीको माग ‘प्रश्न गर्नेको मुख थुन्ने काम मिडिया हाउसदेखि प्रतिपक्षी नेताको घरसम्म पुग्यो’: सांसद डा. अर्जुन कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता सरकार प्रश्नबाट भाग्न मिल्दैन, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छः प्रमुख सचेतक दुलाल राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान प्रतिनिधिसभाबाट केही समयमै बाहिरिए प्रधानमन्त्री शाह मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सरकारलाई सभामुखको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा दाबी फर्स्यौटलाई ६ महिनाभित्र ल्याउने प्राधिकरणको प्रतिवद्धता



अ+ अ-

काठमाडाैँ । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा दाबी फस्र्यौट प्रक्रियालाई कानूनले तोकेको ६ महिनाको समयसीमाभित्र ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मंगलवार संघीय संसदको अर्थ समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी दशैँसम्ममा पुराना दाबीहरूको छिनोफानो गरी फछ्र्यौट प्रक्रियालाई तिब्र बनाइने बताउनुभएको हो । अध्यक्ष पौडेलकाअनुसार प्राधिकरणमा गत माघसम्म ६०० देखि ६५० वटा मुद्दा विचाराधीन रहेकामा पछिल्लो चार महिना (चैत-असार) मा २७६ वटा मुद्दाको छिनोफानो गरिएको छ ।

बीमा दाबीमा देखिएका समस्या समाधानका लागि प्राधिकरणले ‘वार रुम’ को अवधारणामा एउटा छुट्टै टोली परिचालन गरेको र सर्वसाधारणका गुनासो सुन्न वेबसाइट तथा इमेलमार्फत विशेष संयन्त्र बनाइएको जानकारी समेत उहाँले दिनुभयो । प्राधिकरणले आफ्नो नियमनकारी भूमिकालाई प्रभावकारी बनाउन स्थलगत र गैर-स्थलगत निरीक्षण बढाएको दाबी गरेको छ ।

माघ महिनायता ७८ वटा निरीक्षण सम्पन्न गरी कैफियत देखिएका कम्पनीहरूलाई कारोबार रोक्का, निलम्बन र अन्य विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको पौडेलले बताउनु भयो । यद्यपि, बीमा समितिको पुरानै संरचनामा प्राधिकरण सञ्चालन गर्नुपर्दा जनशक्ति र प्रादेशिक कार्यालयहरूको व्यवस्थापनमा भने केही चुनौती रहेको उहाँले स्वीकार गर्नुभयो । सांसदहरूले उठाएको स्वास्थ्य बीमाको विषयमा स्पष्ट पार्दै उहाँले यो प्राधिकरणको क्षेत्राधिकार भित्र नपर्ने जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा कार्यक्रम नेपाल सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन गरिरहेकाले यसमा प्राधिकरणको भूमिका नरहने उहाँको भनाइ छ । यस्तै, वैदेशिक रोजगारीमा जानेहरूको म्यादी बीमासहित बीमाको पहुँच ५१ प्रतिशत पुगेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले यसबारे विस्तृत विवरण लिखित प्रतिवेदनमा बुझाउने बताउनु भयो । बीमा व्यवसायमा हुनसक्ने सम्पती शुद्धीकरण, कृषि तथा पशुपंक्षी बीमाको न्युन कभरेज र बीमा पोलिसी ‘सरेन्डर’ गर्दा देखिने समस्याहरूलाई सम्बोधन गर्न प्राधिकरणले नीतिगत सुधार गरिरहेको उहाँको दाबी छ । बैठकमा उठेका सम्पूर्ण विषय र तथ्याङ्कहरू समेटेर आगामी १० दिनभित्र अर्थ समितिमा विस्तृत लिखित प्रतिवेदन पेस गर्ने प्रतिवद्धता समेत प्राधिकरणले व्यक्त गरेको छ ।

बीमा क्षेत्रमा आवश्यक पर्ने बीमाङ्कीको अभाव कम गर्न त्रिभूवन विश्वविद्यालयसँगको सहकार्यमा जनशक्ति उत्पादन भइरहेको र ‘एक्युअरी सोसाइटी अफ नेपाल’ सँग समन्वय भइरहेको जानकारी दिइएको छ । साथै, बीमा शुल्क निर्धारणमा प्रतिष्पर्धात्मक वातावरण सिर्जना गर्न केही विधालाई (गैर–ट्यारिफ) मा लैजाने प्रक्रिया शुरु भइसकेको र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा यसलाई विस्तार गरिने अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।




भर्खरै