२९ असार २०८३, सोमबार
,
Latest
सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध बौलाहा खोलामा मोटरेबल पुल निर्माण शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण ठमेलमा ‘मोलमोलाइ’ गरेको आरोपमा विदेशी युवतीलाई मुद्दा, स्क्याम अखडा सञ्चालन गर्नेलाई उन्मुक्ति सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल अर्थमन्त्री वाग्लेको राजस्व सल्लाहकारमा भोजन अर्याल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया हाउसहरूको गेटमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने कार्यमा संलग्नलाई कारबारही गर्न संसदीय समितिद्वारा सरकारको ध्यानाकर्षण



अ+ अ-

म्याग्दी। जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

पर्यटन विभागको सहयोगमा अन्नपूर्ण-१ र रघुगङ्गा-७ का वडा कार्यालयको समन्वयमा पदमार्गको पहिचान भएको हो ।

विज्ञान, प्रविधि तथा नवप्रर्द्धनमन्त्री महाविर पुनको बेनीस्थित सम्पर्क कार्यालयका प्रतिनिधि चित्र तिलिजा पुनले पोखरालाई केन्द्र मानेर दोवा, सोवाङधुरी हुँदै चिमखोला भएर पुन पोखरा फर्कन छ दिनको पदमार्गको पहिचान र सम्भायता अध्ययन गरिएको जानकारी दिनुभयो ।

“पदमार्गको अहिलेको अवस्था र पर्यटक भित्र्याउनका लागि आवश्यक पूर्वाधारको विषयमा स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन पर्यटन विभागमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “धवलागिरि गाउँपालिकाको मुदीबाट गुर्जा हुँदै ढोरपाटन जोड्ने नयाँ पदमार्गको पनि सम्भाव्यता अध्ययन भएको छ ।”

परापुर्व कालमा गोठालाले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्ग बनाउन लागिएको दोवाका विकास पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका र मणिबराह युवा क्लबको साझेदारीमा यस वर्ष दोवाबाट पातलखर्क, गरेकखर्क, देउरालीडाँडा, ठूलोखानी, धैरासिर, गुराँसिनीखोला, भिराउटो, सुर्केमेला र हल्टुडे क्षेत्रमा चार किलोमिटर ६०० मिटर पदमार्ग निर्माण भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेको यस आयोजनाका लागि मणिबाराही युवा क्लबले रु चार लाख २५ हजार ७६५ सहयोग गरेको छ भने स्थानीयले रु एक लाख २४ हजार बराबरको श्रमदान गरेका छन् ।

दुई वर्षअघि चिमखोलाका तारा गर्बुजाको पहलमा चिमखोलाबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेर प्रवर्द्धन थालिएको छ । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा समेटिएको सोवाङधुरीबाट संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्य अवलोकन गर्न पाउनु मुख्य विशेषता रहेको गर्बुजाले बताउनुभयो ।

सुर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशङखलाको अवलोकन गर्न सकिन्छ । बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृष्य देखिन्छ ।

बेनी-जोमसोम सडक निर्माणपछि १६ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो । रघुगङ्गा गाउँपालिकाको राखुबाट सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ । मुख्य पदमार्ग नजिकका बस्तिबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ ।  रासस