८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गान्धी फिल्म फेस्टिबल हुने

गान्धी फिल्म फेस्टिबल हुने
अ+ अ-

मुम्बई । भारतको फिल्मी सहर भनेर चिनिने मुम्बइमा गान्धी चलचित्र महोत्सव ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गरिने भएको छ ।

भारतका राष्ट्रपिताका रुपमा मानिने महात्मा गान्धीको १५० औँ जन्म जयन्तीको अवसर पारेर यही अक्टोबर २ देखि ६ सम्म मुम्बइमा ‘गान्धी फिल्म फेस्टिबल’ को आयोजना गर्न लागिएको हो ।

उक्त फेस्टिबलमा महात्मा गान्धीसँग सम्बन्धित चलचित्रहरु राखिने छन्, जस्तो कि श्याम बेनेगलको ‘द मेकिङ अफ महात्मा’, रिचार्ड एटेनबर्गको ‘गान्धी’ ‘गान्धी माइ फादर’ लगायतका केही चलचित्रहरु उक्त प्रदर्शनीमा राखिने भएको महोत्सव आयोजकहरुले जानकारी दिएका छन् ।

यी दुई चलचित्र राष्ट्रिय चलचित्र विकास संस्थानद्वारा उत्पादित चलचित्रहरु हुन् । त्यसैगरी अर्को चलचित्र ‘गान्धी माइ फादर’ को निर्देशन फिरोज अब्बास खाँले गर्नुभएको हो ।
महात्मा गान्धी नामबाट सुपरिचित मोहनदाश करमचन्द गान्धीलाई भारतका राष्ट्रपिताका रुपमा यहाँ सम्मान गरिन्छ । उहाँले भारतमा राज गरिरहेका बृटिश सरकारका विरुद्धमा संघर्ष गरेर भारतलाई बेलायती साम्राज्यवादबाट मुक्त गराउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो ।


उहाँले त्यस समयमा शक्तिशाली हतियार र ठूलो सैन्य शक्ति रहेको बेलायती साम्राज्यलाई पनि विना हातहतियार शान्तिपूर्ण रुपमा क्रान्ति गरेर भारतबाट बेलायती शासकलाई लखेट्न सक्ने गरी भारतीय स्वतन्त्रता आन्दोलनको नेतृत्व प्रदान गर्नुभएको थियो ।
उहाँको त्यो अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनबाट भारतका मात्र नभएर विश्वकै शान्तिप्रेमी र प्रजातन्त्रमा आस्था राख्ने नागरिकलाई ठूलो प्रेरणा मिलेको थियो ।


‘गान्धी माइ फादर’ फिल्ममा महात्मा गान्धीको भूमिका खेल्नुभएका वरिष्ठ कलाकार श्री दर्शन जरिवाला उक्त महोत्सवको प्रमुख अतिथिका रुपमा रहनु हुने बताइएको छ ।
भोलि बुधबारदेखि हुन लागेको यो महोत्सव सबै सर्वसाधारणलाई पनि खुला गरिएको आयोजकहरुले जनाएका छन् ।