२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वाधार विकासमा अग्रसर व्यास



अ+ अ-

तनहुँ। व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ । दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ ।

नगरप्रमुख न्यौपानेले दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्यालाई समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने बताउनुभयो ।

नगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीचको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ । सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ ।

कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास–१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने भएको छ । प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ ।

विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । नगरप्रमुख न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने रु १० लाखभन्दा कम लागतका योजनामा तीन प्रतिशतमात्रै ‘कन्टिन्जेन्सी’ कट्टा गरिने जानकारी दिनुभयो । “यसले स्थानीयस्तरमा साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ । नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्द्धन गरिने नीति अघि सारिएको छ ।

नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । तनहुँ, लमजुङ र कास्की हुँदै गण्डकी र बागमती प्रदेश जोड्ने उक्त सडकलाई ‘व्यास–बुद्धसिं मार्ग’ नामकरण गरी सङ्घीय सरकारअन्तर्गत निर्माण तथा विस्तारका कामलाई पूर्णता दिन पहल गरिने उहाँले जानकारी दिनुभयो । रासस