८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

दशैंका लागी नयाँ नोट, नोट बिगार्नेलाई कार्बाही गरिने

दशैंका लागी नयाँ नोट, नोट बिगार्नेलाई कार्बाही गरिने
अ+ अ-

काठमाडौं । दसैंका लागि नयाँ नोट साट्ने लहर चलेको छ । बडादसैंंमा टीका, जमरा र आशीर्वादसँगै दक्षिणास्वरूप नयाँ नोट दिने चलन सामान्य भएकाले सबैले नयाँ नोटमा चासो राख्छन् । यसकारण, नयाँ नोट साट्न बैंकमा सर्वसाधारणको लाइन लाग्ने गर्छ । नयाँ नोट साट्न राष्ट्र बैंकमै जानुपर्ने बाध्यता छैन । राष्ट्र बैंकका अनुसार नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाटै नयाँ नोट साट्न पाइने व्यवस्था छ भने अन्य बैंकबाट नयाँ नोट लिन सकिन्छ ।

उपत्यकाभित्र सर्वसाधारणले नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट लिइरहेका छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट साटिरहेका छन् । त्यस्तै, कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाह पथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट सर्वसाधारणले नयाँ नोट साटिरहेका छन् ।

त्यस्तै, उपत्यकाबाहिरका सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट पाउने व्यवस्था मिलाइएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक लिमिटेडका राष्ट्र बैंकको नोट कोष रहेका सबै शाखा कार्यालयबाट समेत सुकिलो तथा सीमित मात्रामा नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको केन्द्रीय बैंकले जनाएको छ ।

यसरी लाइन लागेर लिएको नोट जोगाउन सबैले ध्यान दिएको भने पाइँदैन । नोटको सुरक्षामा ध्यान दिन राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार नोट केरमेट गर्ने, खुम्च्याउने, भिजाउने लगायत कार्य गर्नेलाई यस वर्षदेखि कारबाही र जरिमानासमेत गरिनेछ । दसैंंमा टीका लगाएको हातले दक्षिणा नदिन राष्ट्र बैंकले सूचना नै प्रकाशित गरेको छ । हातमा लागेको रंगले नयाँ नोट मैलियो भने कारबाही गर्ने चेतावनी केन्द्रीय बैंकको छ ।

नेपाल राष्ट्र बैंकले दसैंंमा नयाँ नोटमा रङ नलगाउन, केरमेट नगर्न र आकार नबिगार्न सर्वसाधारणलाई अनुरोध गरेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नयाँ नोटलाई जतन गरेर चलाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको अनुरोधलाई बेवास्ता गरी नोटलाई जथाभावी चलाए प्रचलित कानुनअनुसार कारबाही गरिने बैंकले जनाएको छ ।

टीका लगाई दक्षिणा दिँदा या पूजाआजा गरेका हातले नयाँ नोट चलाउँदा रंगिन भई मैलिनसक्ने हुँदा सफा हातले नोट चलाउन अनुरोध गरिएको हो । राष्ट्र बैंकले १७ असोजदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गरिरहेको छ । विश्वका कतिपय विकसित मुलुकले नगदसरह विनिमय गर्न सकिने गरी विभिन्न किसिमका कार्ड प्रयोगमा जोड दिएका छन् । तर, नेपालमा अझै पनि कागजी नोटप्रति नै बढी मोह छ ।

वस्तु विनिमयमा नोट नै बढी प्रयोग हुन्छ । दसैंंमा नोटको सट्टामा मनी ट्रान्सफर गर्ने पद्धति नआउने पक्का छ । हाम्रो धर्म, संस्कृति र रीतिरिवाजमा कागजी नोटकै बढी चलन छ । बहुसंख्यक नागरिकले प्रयोग गर्ने यिनै नोटकोे सुरक्षा नहुँदा राष्ट्रिय खर्चमा अनावश्यक वृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभावसमेत परिरहेको छ । कुनै पनि देशको नोट मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको हुन्छ । नोट सम्बन्धित देशको राष्ट्रिय परिचय पनि हो ।

हामी दसैंं–तिहारजस्ता चाडपर्वमा नोटलाई रङ, अबिर आदिले पूजा गर्ने, पानीले भिजाउने, जथाभावी पट्याउने गतिविधि वर्षौंदेखि दोहो¥याइरहेका हुन्छौं । यसबाट नोट छिट्टै पुरानो हुने, च्यातिने र झुत्रिने भएकाले त्यसलाई प्रतिस्थापन गरेर नयाँ नोट निकाल्नुपर्दा राष्ट्रलाई अनावश्यक व्ययभार पर्छ । दसैंंको समयमा नोटमा जमरा र फूलटीका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाइरहेकोे छ ।

यस्ता चाडपर्व र अन्य धार्मिक तथा सामाजिक कार्यमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकता छ । यो प्रवृत्ति त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ । यसबाहेक अन्य समयमा पनि नोटको सम्मान र इज्जत गर्न हामी चुकिरहेका छौं । नोटलाई अनावश्यक रूपमा घरमा थन्क्याएर राख्नेमा ज्येष्ठ नागरिकको बानी नै हो । यसरी थन्क्याएर लामो समयसम्म राख्दा नोटमा ढुसी पर्ने, पुरानो देखिने, कुहिने र झुत्रिने समस्या बढ्छ ।

यसैगरी, सानातिनादेखि ठूला मन्दिरमा कागजी नोट चढाइने प्रचलन पनि नोटको सुरक्षाको चुनौतीकै रूपमा छ । त्यस्तै, नोट बोक्ने र लेनदेन गर्ने कुरामा पनि उचित ध्यान पुग्न सकेको छैन । राष्ट्रिय नोटप्रति हाम्रो दृष्टिकोण नै सकारात्मक बन्न सकेको छैन । किनकि, देशभित्रै पनि डलरलगायत अन्य विदेशी नोट बडो जतनसाथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई लापरवाही तरिकाले कच्याककुचुक पारेर बोक्ने र नोटमा केरमेटसमेत गरिन्छ ।

युवायुवतीले प्रेमिल सायरी कोर्नेदेखि दुव्र्यसनीमा पसेकाले अखाद्य वस्तु प्याक गर्नेसम्मको काममा नोटको दुरुपयोग भइरहेको छ । विशेषगरी, अन्य सामानको सुरक्षामा अत्यन्त हेरचाह गर्ने महिलाले नोटको हेरचाहमा भने धेरै हेलचेक्र्याई गरिरहेको देखिन्छ । नोटलाई शरीरका अंगमा खाँदेर राख्ने, गोजी तथा पर्समा कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने कार्य सामान्य बन्ने गरेको छ ।

यसकारण दसैंंमा नयाँ नोट नेपाल राष्ट्र बैंकले दसैंंको मौका पारेर नयाँ नोट बजारमा ल्याउने परिपाटी बसालेको छ । तर, यसको थालनी कहिलेदेखि भयो भन्ने प्रमाण भेटिन्न । तर, विभिन्न कालखण्डमा भएका नोटसम्बन्धी क्रियाकलापलाई आधार मान्न सकिन्छ । देश एकतन्त्रीय शासन पद्धतिबाट सञ्चालन भएको कुनै कालखण्डमा तत्कालीन शासकका होमेडोमेलाई दक्षिणा तथा भाइ, भारदार, ढोके र बैठकेलाई दसैंं मनाउन दिने बक्सिस वितरण गर्न नयाँ नोट दाखिला गर्ने परम्पराको थालनी भएको हुनुपर्छ ।

प्रशासन तथा सुरक्षातर्फका कर्मचारीले पनि देखासिकी गरी दसैंंमा नयाँ नोट प्रयोग गर्ने प्रचलनले व्यापकता पाउँदै आजको रूपमा आइपुगेको हो । तर, आजको बदलिएको परिस्थितिमा यो परम्परालाई निरन्तरता दिनुपर्ने आवश्यकता वा बाध्यता कति छ भन्नेमा प्रश्न उठ्न सक्छ ।

नेपाल राष्ट्र बैंकले दसैंंमा नयाँ नोटमा रङ नलगाउन, केरमेट नगर्न र आकार नबिगार्न सर्वसाधारणलाई अनुरोध गरेको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै नया“ नोटलाई जतन गरेर चलाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको अनुरोधलाई बेवास्ता गरी नोटलाई जथाभावी प्रयोग गरे प्रचलित कानुनअनुसार कारबाही गरिने बैंकले जनाएको छ । राजधानी दैनिकबाट