८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

किसानलाई प्रलोभनमा १९ लाख ५० हजार रकम ठगी

किसानलाई प्रलोभनमा १९ लाख ५० हजार रकम ठगी
अ+ अ-

कञ्चनपुर । एशोसियसन अफ एग्रिकल्चर नेपाल नामक संस्था शुक्लाफाँटा नगरपालिका क्षेत्रका किसानलाई प्रलोभनमा पारेर रु १९ लाख ५० हजार रकम ठगी गरी सम्पर्कविहीन भएको छ । दश वर्षसम्म उन्नतजातको बीउबिजन, तालीम, गोष्ठी, भ्रमण, माटो परीक्षण, सिँचाइ सुविधासँगै खानेपानी उपलब्ध गराउने प्रतिबद्धतासहित किसानबाट रकम उठाएर संस्थाका सञ्चालक सम्पर्कविहीन भएको बताइएको छ ।

एक हजार २५० बढी किसानबाट रु दुई हजारका दरले संस्थाका कर्मचारीले रकम उठाएका छन् । प्रतिसदस्यलाई सदस्यता शुःल्कका नाममा रु ५०० र यातायात ढुवानीका लागि रु एक हजार ५०० गरी रु दुई हजार प्रतिकिसानबाट कर्मचारीले असुलेका थिए । यी सबै कार्यका लागि किसानले ५० प्रतिशत र संस्थाले ५० प्रतिशत रकम व्यहोर्ने कागज तयार गरी रकम लिइएको संस्थाले परिचालन गरेका कर्मचारी अम्बिका जोशीले बताए ।

विसं २०७५ साउनदेखि १० कर्मचारी परिचालन गरी समूह बनाएर रकम उठाएको उनको भनाइ छ । संस्थाको मुख्य कार्यालय बाँकेको कोहलपुरमा रहे पनि त्यहाँ विवाद आएपछि सारेर बुटवल पुर्याइएको कर्मचारीको भनाइ छ । त्यसपछि संस्थाका सञ्चालक सम्पर्कमा नआएको बताइएको छ । किसानबाट उठाइएको रकमबाट कर्मचारीलाई १० प्रतिशत कमिसन दिने शर्तमा उनीहरुलाई राखिएको थियो । संस्थाले रकम उठाएवापतको दिने भनिएको कमिसन थोरै मात्र दिएको कर्मचारी गीता अवस्थीले बताए ।

उनले भने, “रु ६० हजार जति उठाएर संस्थामा बुझाएवापत कमिसन रु पाँच हजार मात्रै पाइएको छ ।” अर्का कर्मचारी गीतादेवी साहुले ६० किसानबाट रु एक लाख २० हजार उठाए पनि कमिसनको रकम नपाएको बताउनुभयो । संस्थाका कर्मचारीका अनुसार उठाएको रकम तत्कालीन शाखा प्रमुख शारदा जोरालाई बुझाएको बताएका छन् । वडा नं १० पिपलाडीरोडमा रहेको नविना एग्रोभेटका सञ्चालक कमला चौधरीले संस्थाको शाखा कार्यालयका कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा धानको २० क्विन्टल बीउ खरीदवापतको बाँकी रहेको रु ७५ हजार नदिएपछि उजुरी गरेका छन् ।

बीउ खरीद गरिएको लामो समयसम्म पनि रकम नपाइएपछि प्रहरीमा उजुरी गरिएको उनले बताए । धानको बीउको रकम नतिरेसम्मका लागि शाखा प्रबन्धक गोविन्द पाण्डेयको मोटरसाइकल इप्रकामा राखिएको छ । शाखा प्रबन्धक पाण्डेयले रकम संस्थाको कार्यालयमा बुझाएपछि सञ्चालक सम्पर्कमा नआउने गरेको बताए । शाखा प्रबन्धक बन्नका लागि धरौटीवापत रु एक लाख संस्थामा बुझाएको उनले जानकारी दिए ।

“बुटवलमा यही असोज १५ गते सबै शाखा प्रबन्धकको बैठक राखेकाले बोलाएका छन्”, पाण्डेयले भने, “सबै रकम फिर्ता गर्छौँ भनेका छन् ।” गत चैतदेखि शाखाको कार्यालय सञ्चालन गरेको घरको संस्थाले सात महीनाको कोठाभाडासमेत तिरेको छैन । संस्थाका अध्यक्ष गणेश भट्टले केही समयका लागि कार्यक्रम स्थगन गरेकाले रकम ठगी नगरेको बताए । संस्थाका बारे अन्य कुरा भने उहाँले भन्न चाहेका छैनन् । अध्यक्ष भट्टको वडा नं ७ कालापानीका बासिन्दासमेत हुन् ।