![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति महोत्तरीको जलेश्वर नगरपालिका–६ खैराचोक बस्ने ३८ वर्षीय कैलाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
![](https://newspolar.com/wp-content/uploads/2019/09/arrest-11-1000x454.jpg)
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरि साहलाई थप अनुसन्धानको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारा पठाइएको छ।