१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको वेबसाइटबाट पनि हटाइए महरा



अ+ अ-

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेबसाइटबाट हटाइएको छ । संघीय संसद प्रतिनिधिसभाको वेबसाइटबाट उनको नाम हटाइएको हो ।

‘हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ राजीनामापत्रमा भनिएको छ।

महराले मंगलबार उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।