२८ असार २०८३, आईतवार
,
Latest
विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती



अ+ अ-

काठमाडौँ। फ्रान्समा जारी अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समयमा कटौती गरेको छ ।

सङ्ग्रहालय प्रशासनले शुक्रवारदेखि आगामी सोमवारसम्म सङ्ग्रहालयलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै बन्द गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारी अनुसार अत्यधिक गर्मीका कारण जुलाई १० देखि १३ सम्म सङ्ग्रहालय नियमित साँझ ६ बजेको सट्टा अपराह्न ४ बजे नै बन्द हुनेछ । लुभ्रसँग आबद्ध युजेन डेलाक्रोआ राष्ट्रिय सङ्ग्रहालयले पनि सोही परिवर्तित समय तालिका पछ्याउने सङ्ग्रहालयले जनाएको छ ।

फ्रान्सेली मौसम विभाग मेतियो–फ्रान्स’ ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनाको अन्त्यमा देखिएको असामान्य गर्मीपछि पुनः देशभर तापक्रम तिब्र रूपमा बढ्न थालेको छ ।

तापक्रममा भएको वृद्धिसँगै मौसम विभागले फ्रान्सका ९ वटा विभागहरूमा उच्च शतर्कता स्वरूप रेड अलर्ट र अन्य ७६ वटा विभागहरूमा अरेन्ज अलर्ट जारी गरेको छ ।

यसअघि जुन महिनाको अन्त्यतिर चलेको तातो हावाका कारण पनि लुभ्र सङ्ग्रहालयले जुन २४ देखि २७ सम्म आफ्नो सञ्चालन समय घटाएको थियो । सो समयमा पनि अत्याधिक गर्मीकै कारण सङ्ग्रहालय अपराह्न ४ बजे नै बन्द गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल