२७ असार २०८३, शनिबार
,
Latest
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’ अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती



अ+ अ-

काठमाडौँ। फ्रान्समा जारी अत्याधिक गर्मी र तातो हावा (हिटवेभ) का कारण पेरिसस्थित विश्वप्रसिद्ध लुभ्र सङ्ग्रहालयले आफ्नो दैनिक सञ्चालन समयमा कटौती गरेको छ ।

सङ्ग्रहालय प्रशासनले शुक्रवारदेखि आगामी सोमवारसम्म सङ्ग्रहालयलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै बन्द गर्ने निर्णय गरेको हो ।

सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको जानकारी अनुसार अत्यधिक गर्मीका कारण जुलाई १० देखि १३ सम्म सङ्ग्रहालय नियमित साँझ ६ बजेको सट्टा अपराह्न ४ बजे नै बन्द हुनेछ । लुभ्रसँग आबद्ध युजेन डेलाक्रोआ राष्ट्रिय सङ्ग्रहालयले पनि सोही परिवर्तित समय तालिका पछ्याउने सङ्ग्रहालयले जनाएको छ ।

फ्रान्सेली मौसम विभाग मेतियो–फ्रान्स’ ले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुन महिनाको अन्त्यमा देखिएको असामान्य गर्मीपछि पुनः देशभर तापक्रम तिब्र रूपमा बढ्न थालेको छ ।

तापक्रममा भएको वृद्धिसँगै मौसम विभागले फ्रान्सका ९ वटा विभागहरूमा उच्च शतर्कता स्वरूप रेड अलर्ट र अन्य ७६ वटा विभागहरूमा अरेन्ज अलर्ट जारी गरेको छ ।

यसअघि जुन महिनाको अन्त्यतिर चलेको तातो हावाका कारण पनि लुभ्र सङ्ग्रहालयले जुन २४ देखि २७ सम्म आफ्नो सञ्चालन समय घटाएको थियो । सो समयमा पनि अत्याधिक गर्मीकै कारण सङ्ग्रहालय अपराह्न ४ बजे नै बन्द गरिएको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल