७ असार २०८३, आईतवार
,
Latest
धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौन बसेका महराका छोराहरुले एकाएक बन्दुक उठाएपछि…



अ+ अ-

काठमाडौं । बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनापछि मौन बसेका महराका छोराहरु राहुल र निर्मलले मध्यराति आक्रोशपूर्ण अभिव्यक्तिसहितको स्टाटस लेखेर छन् । उनले बुख्याँचाहरु खडा गरी क्रान्तिकारी नेताहरुको ईतिहास समाप्त पार्ने विदेशी दलका मित्रहरु चिन्ने मौका मिलेको समेत बताएका हुन् ।

राहुल र निर्मलले बन्दुक बोकेको फोटो शेयर गरेर यस्तो लेखेका छन्,-“राजनैतिक इतिहासमा जनताकै पक्षमा अपुर्व त्याग गरियो,अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ, आज ब्यक्ति हैन, आस्था र बिचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक संजालमा दृढतापुर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी संगठ्नद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याइ षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सन्चारकर्मी, नेता,कार्यकर्ता, युवा, विद्यार्थी, बिपक्ष दलका मित्र हरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठुलो मौका पनि मिलेको छ ।

बुख्याछ्याहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने बिदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नया बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तकारीहरु संग फेरि भेट हुने छ ।”