२७ असार २०८३, शनिबार
,
Latest
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुम्वासीको बिचल्लीः भन्छन्–‘अब नदीमा हाम फाल्नुको विकल्प छैन’ अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा बिहीवार रातिदेखि परेको भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

वर्षासँगै आएको बाढी र डुबानका कारण दिल्लीका विभिन्न क्षेत्रमा व्यापक अवरोध सिर्जना भएको छ । भारतीय मौसम विज्ञान विभागले भारी वर्षा, मेघगर्जन र चट्याङको सम्भावना औंल्याउँदै रेड अलर्ट जारी गरेको छ ।

अत्यधिक वर्षाका कारण दिल्लीका मुख्य सडकहरू जलमग्न भएका छन् । सडकमा घुँडासम्म पानी जमेपछि पैदल यात्रीहरूलाई आवतजावतमा कठिनाइ भएको छ भने सवारी साधनहरूको गति सुस्त बनेको छ ।

विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध हुँदा लामो ट्राफिक जाम देखिएको छ । यसैबीच, दिल्लीको रोहिणी क्षेत्रमा निर्माण कार्य जारी रहेको एक चारतले भवन भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनापछि तत्कालै उद्धार तथा खोजी कार्य शुरु गरिएको थियो । स्थानीय अधिकारीहरूले भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिसकेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल