७ असार २०८३, आईतवार
,
Latest
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश विकासमा सबै दलबीच सहकार्य आवश्यक छ : प्रवक्ता श्रेष्ठ



अ+ अ-

हेटौँडा । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उहाँले मुलुकको परराष्ट्र नीति, शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । “राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदायबीच आम एकता आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले लोकतन्त्र विरोधी शक्तिले सत्ता हत्याउन खोज्यो भन्ने गरिए पनि प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताउनुभयो । विस्थापित शक्ति जहिले पनि चलमलाउन खोज्नु सामान्य भएको बताउँदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिले अवसर पाउने धारणा राख्नुभयो ।

प्रवक्ता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनबिना देशको अर्थतन्त्रको विकास नहुने धारणा राख्नुभयो । देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको उहाँको भनाइ थियो । विश्वकै सुन्दर र अत्यन्त सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल, वर्ग र क्षत्रेका नागरिक एक भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । समृद्ध नेपाल निर्माण गर्न ठूलो दल भएकाले नेकपाले नेतृत्व गरे पनि प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उहाँको धारणा थियो । उहाँले समाजवादोन्मुख समावेशी लोकतन्त्रलाई सफल बनाउन हिजोसँगै लडेका शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।