८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पर्यटककै भरमा पढाइ

पर्यटककै भरमा पढाइ
अ अ+ अ-

माथिल्लो डोल्पा । पेमा याङ्कीले डोल्पोबुद्ध गाउँपालिकास्थित क्रिस्टल माउन्टेनबाट ८ कक्षा पास गरिन्। यहाँ त्योभन्दा माथि पढाइ हुँदैन। उनी फ्रान्सेली संस्थाको सहयोगमा काठमाडौं गएर ९ कक्षामा भर्ना भइन्। अहिले उनी निजी स्कुलमा निःशुल्क पढिरहेकी छन्। यही स्कुलका दावा, फुर्वा, पेमा छेवाङलगायत काठमाडौंकै बाबा बोर्डिङमा पढ्छन्।

‘विदेशीले सहयोग नगरेको भए विद्यालय शिक्षा पूरा गर्ने हाम्रो सपना अधुरै हुन्थ्यो’, डोल्पोबुद्ध–१ का वडाध्यक्ष ग्याल्पो थापा (भोटे) भन्छन्, ‘सरकारी उपस्थिति नहुँदा दुर्गममा आएर हाम्रो पढाइको जिम्मा विदेशीले लिनुपरेको छ।’ गाउँ पुग्न सदरमुकाम दुनैबाट तीन दिन हिँड्नुपर्छ। ८ कक्षा पूरा गरेपछि काठमाडौं जाने अवस्था नभइदिएको भए सबै विद्यार्थी दुनै बजार गए कक्षा ९ मा पढ्न बाध्य हुन्थे।

‘तर, दुनै गएर पढ्ने हैसियत यो गाउँका कसैसँग छैन’, वडाध्यक्ष थापा भन्छन्, ‘पहिलो कुरा त पढ्नुपर्छ भन्ने चेतना फैलाउनै कठिन हुन्छ। त्यसमाथि गाउँमा स्कुल छैन भने तीन दिन हिँडेर कसले पढ्ने ? ’ माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा। शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ।

ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन्। यहाँ सरकारी दरबन्दीका १० शिक्षक छन्। पाँच जना निजी स्रोतका छन्। विदेशीले दिएको पैसाबाट शिक्षक र विद्यार्थीलाई आवासीय सुविधा मिलाइएको छ। विद्यालय भवन निर्माणदेखि विद्यार्थीको पौष्टिक आहार, पोसाक, स्टेसनरी, साबुन, टुथब्रस, औषधि सबै खर्चको प्रबन्ध गरिएको लामा सुनाउँछन्।

माथिल्लो डोल्पाका अधिकांश सरकारी विद्यालयमा कुनै न कुनै रूपमा विदेशीले सहयोग गरिरहेका छन्। पर्यटकले यो क्षेत्रमा शिक्षाको अभाव देखेपछि विद्यालय खोल्न स्थानीयलाई हौस्याएका थिए। क्रिस्टल पनि २५ वर्षअघि विदेशीकै सहयोगमा खुलेको थियो। सरकारी दरबन्दीका पाँच तथा विदेशीले दिएको पैसाबाट सात शिक्षक राखेर यो स्कुलको पढाइ चलिरहेको छ। काठमाडौंमा रहेका विद्यार्थीको होस्टल र पढाइ शुल्क पनि विदेशीले भिजन डोल्पामार्फत तिरिरहेका छन्।

भिजेरास्थित मुकपोराङ विद्यालयमा स्विस नागरिक तथा संस्थाको सहयोग छ। भवन निर्माण, शैक्षिक सामग्री वितरण र शिक्षक, कर्मचारीको तलब भत्तामा उनीहरूको सहयोग छ। तिन्जेको कुला माउन्टेन स्कुलमा पनि स्विस र जर्मनीबाट सहयोग छ। साल्दाङको सेलरी डुक्ट्रा, छार्काको छार्का भोट प्रावि, सिमेनको सिमेन प्रावि, कोमास प्राविमा पनि विदेशी सहयोग छ। संयोजक लामाका अनुसार दर्जन स्कुल विदेशीका भरमा चलिरहेका छन्।

उनीहरूले वार्षिक १–२ लाख रुपैयाँदेखि करोडसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन्। क्रिस्टलबाट अवकाश पाएका शिक्षक केदारविनोद पाण्डेका अनुसार विदेशीकै अगुवाइमा धेरै दुर्गम ठाउँमा स्कुल खुलेका छन्। ‘विदेशीले सहयोग नगरेको भए माथिल्लो डोल्पाका अधिकांश नागरिक निरक्षरै हुन्थे’, उनी भन्छन्, ‘यहाँको शिक्षालाई यो स्थानमा ल्याउन विदेशीको सहयोग अमूल्य छ।’ बिस्तारै उनीहरूले हात झिक्न थालेकाले समस्या भएको स्थानीयको गुनासो छ।

‘विदेशीले स्कुल खोलिदियौं, अब तपाईंहरू आफैं चलाउनू भन्न थालेका छन्। लगानी पनि घटिरहेको छ’, छार्का ताङसोङ गाउँपालिकाका छेवाङ भोटे भन्छन्। डोल्पोबुद्ध–१ का वडाध्यक्ष थापाका अनुसार अधिकांश स्कुलमा सहयोग घटिरहेको छ। सरकारले चासो नदिने र विदेशीले पनि सहयोग रोक्ने हो भने स्तरीय शिक्षाको सपना अधुरै रहने उनी बताउँछन्। अन्नपुर्णपोष्ट दैनिकबाट