८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अमेरिकासँगको वार्ताको केही घण्टामै उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण

अमेरिकासँगको वार्ताको केही घण्टामै उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण
अ अ+ अ-

प्योङयाङ। अमेरिकासँग परमाणु वार्ता पुनः सुरु गर्ने घोषणा गरेको केही घण्टापछि नै उत्तर कोरियाले पन्डुब्बीबाट एउटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार वन्सान पोर्ट नजिकैबाट प्रहार गरिएको सो क्षेप्यास्त्र आकाशमा ९ सय १० किलोमिटरमाथि पुगेको र जापान सागरमा खस्नुअघि त्यसले ४५० किलोमिटर दूरी पार गरेको थियो ।

उत्तर कोरियाले गत मे महिनादेखि छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गर्न सुरु गरेको हो । क्षेप्यास्त्र परीक्षणको विभिन्न पक्षले विरोध गरेका छन् । टोकियोले सो क्षेप्यास्त्रको अंश जापानको विशेष आर्थिक क्षेत्रमा रहेको सामुद्रिक क्षेत्रमा आइपुगेको उल्लेख गरेको छ । दक्षिण कोरियाको सुरक्षा परिषद्ले प्योङयाङले पन्डुब्बीको प्रयोग गरी क्षेप्यास्त्र परीक्षण गरेको हुन सक्ने जनाएको छ । सो परीक्षणको केही घण्टाअघि मात्रै प्योङयाङले अमेरिकासँगको परमाणु वार्ता पुनः थाल्ने बताएको थियो । उत्तर कोरियाले कूटनीतिक प्रयाससँगै आफ्ना विरोधीविरुद्ध दबाब बढाउन निरन्तर रूपमा क्षेप्यास्त्र परीक्षण गर्ने गरेको छ ।

उत्तर कोरियाले गरेको पछिल्लो परीक्षण छोटो दूरीका क्षेप्यास्त्र परीक्षणमा सबैभन्दा उल्लेख्य परीक्षण हुनेछ । जापानी प्रधानमन्त्री सिन्जो आबेले प्योङयाङको कदमले उत्तर कोरियाली ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधिमाथि प्रतिबन्ध लगाउने राष्ट्रसंघ सुरक्षा परिषद्का निर्णय उल्लंघन भएको बताएका छन् । त्यसअघि प्योङयाङले वासिंगटनसँग परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता यसै साताको अन्त्यमा सुरु हुन सक्ने बताएको थियो ।

हनोईमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच फेब्रुअरीमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि दुई पक्षबीचको संवाद अवरुद्ध छ । विज्ञहरूले वार्ताको घोषणा भएपछि क्षेप्यास्त्र परीक्षण नियोजित रूपमा गरिएको हुन सक्ने टिप्पणी गरेका छन् । क्षेप्यास्त्र परीक्षणसम्बन्धी पहिलो समाचार बुधवार बिहानै आएको थियो । पहिलो समाचारमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र कम्तीमा एउटा क्षेप्यास्त्र जापानी जलक्षेत्रमा खसेको अधिकारीले बताएका थिए ।

त्यसलगत्तै जापानको मन्त्रिपरिषद्का प्रमुख सचिवले पत्रकार सम्मेलनमा पानीमा खस्नुअघि एउटा ब्यालिस्टिक क्षेप्यास्त्र दुई टुक्रा भएको हुन सक्ने बताए । जापानले सो विषयमा छलफल गर्न सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो उत्तर कोरियाले यस वर्ष गरेको ११औं क्षेप्यास्त्र परीक्षण हो । अधिकारीहरूले यसको सामथ्र्य र मार हान्ने क्षमताबारे विशेष चासो देखाएका छन् । उत्तर कोरियाले केही समय यता पन्डुब्बीबाट प्रहार गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र प्रविधिको विकास गर्ने प्रयास जारी राखेको छ । उसले लामो दूरीका क्षेप्यास्त्रको परीक्षण रोकेको थियो ।

पन्डुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण यसअघि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा पहिले नै अगस्ट २०१६ मा गरेको थियो । यसको दुई वर्षपछि ट्रम्प र किम जोङ–उनले एउटा ऐतिहासिक भेटवार्ता गरेका थिए । उत्तर कोरिया र अमेरिकाका शीर्षस्थ नेताबीच भएको यो नै पहिलो वार्ता थियो । त्यसपछि दुईवटा थप भेटवार्ता भए पनि उत्तर कोरियाको परमाणु कार्यक्रमबारे सहमति जुट्न सकेको छैन । राजधानी दैनिकबाट