२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग



अ+ अ-

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय पठाओ चालक गणेश नेपालीको आत्मदाहपश्चात उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष, पारदर्शी र विश्वासिलो छानबिन गर्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँद्वारा शुक्रबार जारी समवेदना सन्देशमा गणेश नेपालीको असामयिक निधनले आफूहरू अत्यन्त मर्माहत भएको उल्लेख गरिएको छ। उक्त घटनालाई केवल एक व्यक्तिको मृत्यु नभई समाज र राज्य संयन्त्रलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्न बाध्य बनाउने दुःखद् घटना भएको महासंघको भनाइ छ।

महासंघले दिवंगत गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

साथै, कुनै पनि नागरिक आफ्नो पीडा यसरी अभिव्यक्त गर्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद् र चिन्ताजनक भएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न, जिम्मेवार पक्षमाथि कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायसँग महासंघले आग्रह गरेको छ।

महासंघले यातायात क्षेत्रमा आबद्ध व्यवसायी, चालक तथा श्रमिकहरूको हक, हित, सुरक्षा र सम्मानका पक्षमा सधैँ प्रतिबद्ध रहने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाई संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधानतर्फ अग्रसर हुन पनि अनुरोध गरेको छ।