२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा… पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु



अ+ अ-

काठमाडाैँ । हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२÷०८३ को एक वर्षमा लेक लागेर दश भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएकामध्ये दश भारतीय, पाँच नेपाली र एक जना मेक्सिकोका नागरिकको पर्वतीय ‘हाईअल्टिच्युड’का कारण लेंक लागेर निधन भएको हो ।

गत भदौ र असोजमा एक–एक, कात्तिकमा तीन, मङ्सिरमा दुई, चैतमा दुई, वैशाखमा चार र जेठ महिनामा तीन जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिनुभयो । हाईअल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा ५० वर्षदेखि ८४ वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उहाँले जानकारी दिनुभयो । गत आव २०८१÷०८२ मा लेक लागेर नौ जनाको मृत्यु भएको थियो । त्यस आर्थिक वर्षमा पाँच भारतीय, तीन नेपाली र एक जना अमेरिक नागरिकले लेक लागेर ज्यान गुमाएका हुन् ।

मुस्ताङ पुगेका पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा मानवीय क्षति हुन पुगको हो । देश तथा विदेशका समथर ठाउँबाट हिमाली जिल्लामा यात्रा गर्ने पर्यटक तथा दर्शनार्थीलाई हाईअल्टिच्युडका कारण अक्सिजनको लेवल कम भई लेक लाग्ने समस्या देखिन गरेको डा कँडेलले बताउनुभयो । मुस्ताङ आउने पर्यटकमध्ये शारीरिक रुपले अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगका नियमित औषधि सेवन गर्ने पर्यटकलाई हाईअल्टिच्युडको जोखिम उच्च रहने गरेको छ ।

हाईअल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, स्थानीय निकाय, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा पम्प्लेट वितरण लगायतका कार्य गर्दैआइरहेका छन् । म्याग्दी र मुस्ताङको सीमानाका घाँसादेखि लेते, खन्ती, मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथलगायतका स्थानमा हाईअल्टिच्युडसम्बन्धी सचेतनामूलक बोर्ड राखिएको छ । मुस्ताङ प्रवेश गर्ने पर्यटकलाई होल्डिङ गर्दै यात्रा गराउन पर्नेमा मुक्तिनाथ पु¥याइदा लेक लाग्ने जोखिम बढेको हो ।

अस्पतालले तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाईअल्टिच्युडका सम्बन्धमा समयमै ज्ञान दिलाउन पर्ने आवश्यकता औँल्याइएको छ । पर्यटकको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाईअल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेष भुसालका अनुसार मुक्तिनाथ मन्दिरमा अक्सिजनसहित दुई जना हेल्थ असिस्टेन परिचालित भईरहेको जानकारी दिनुभयो ।




भर्खरै