७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुक्खाग्रस्त क्षेत्रमा कफीको बिरुवा



अ+ अ-

पाँचथर । सुक्खाग्रस्त क्षेत्रमा खडेरीले बाली सखाप बनाउन थालेपछि पाँचथरको तुम्बेवा गाउँपालिकाले कृषकलाई कफीमा आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारेको छ । कफीमा तुम्बेवा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले कफीको बिरुवा तयार पारिएको गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले बताउनुभयो ।

उहाँका अनुसार पर्वतको एउटा कम्पनीसित सम्झौता गरेर एक लाख ३२ हजार कफीको बिरुवा तयार पारिएको छ । तयार पारिएको उक्त कफीको बिरुवा १४ महीना पछि मात्रै रोप्नयोग्य हुने भएको हुँदा आगामी २०७७ जेठतिर कृषकलाई समूहमार्फत् वितरण गरिने भएको छ ।

उक्त कम्पनीले कृषकले उत्पादन गरेको कफी बोटबाटै काँचैमा प्रतिकिलो रु १०० का दरले खरीद गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “सुक्खा क्षेत्र रहेको पालिकामा उब्जाउ कमै हुने र बाली पनि समयमा पानी नपर्दा खडेरीले सखाप पार्ने हुँदा कृषकलाई वर्षभरि खान नपुग्ने भएकाले यस क्षेत्रका स्थानीय बसाई सर्न थालेका छन्, त्यसैले व्यावसायिक कफीखेती गरेर आत्मनिर्भर बन्न सकून् भनेर कफीको बिरुवा वितरण गर्न लागेका हौ ।”

उहाँले यस क्षेत्रका स्थानीयले कफी खेती गर्ने गरेकोमा उत्पादन भएको कफी नबिक्ने गरेको उल्लेख गर्नुभयो । “उत्पादित कफी कम्पनीले बिक्री गर्ने भएकोले बजारको समस्या हुँदैन,” अध्यक्ष थापाले भन्नभुयो ।

। यस्तै एक वर्ष अघि कृषकलाई किबी र मुस्ताङे स्याउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले बताउनुभयो । गाउँपालिकाको ४ र ५ नम्बर वडामा रोपिएको स्याउ र किबीमध्ये किबी भने यसैपल्टबाट फल दिन थालेको उहाँले बताउनुभयो ।