१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु



अ+ अ-

काठमाडौँ। मिटरब्याज विरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु गरेको छ ।

साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौंसम्मको पैदल यात्रा तय गरेका हुन् ।

न्याय मार्चको उद्घाटन गर्दै मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिई अदालती प्रक्रियामार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष कुशवाहले फर्जी तमसुकमार्फत किसानको जग्गा हडप्ने र उनीहरूलाई आफ्नै भूमिबाट बेदखल गर्ने प्रक्रिया तिब्र पारिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै अभियन्ता निर्ग नवीनले सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्ने वाचा गरे पनि अहिले त्यसबाट पछाडि हटेको आरोप लगाउनु भयो ।

उहाँले वर्तमान सरकारले पीडितका समस्या समाधानमा कुनै चासो नदेखाएकाले जनकपुरधामबाट पुनः पैदल यात्रा सुरु गरिएको जानकारी दिनुभयो । यसपटकको न्याय मार्च काठमाडौं पुगेर सिंहदरबार घेराउ गर्ने र सरकारलाई आफ्ना पीडा सुनाउने लक्ष्य रहेको नवीनले बताउनु भयो ।

न्याय मार्च शुरु गर्नुअघि पीडितहरूले मशाल जुलुस प्रदर्शन गरेका थिए । साथै, उनीहरूले प्रतीकात्मक रूपमा फर्जी तमसुकहरू जलाएर आन्दोलनको घोषणा गरेका थिए ।

पीडितहरूले साहु–महाजनको शोषणबाट मुक्ति र फर्जी तमसुक खारेजीको मागलाई मुख्य एजेन्डा बनाएका छन् । –न्युज एजेन्सी नेपाल