१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति

पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
अ अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका र समुदायको सक्रिय सहभागिताबाट जिल्लाभित्र खोप लगाउनुपर्ने उमेर समूहका सबै बालबालिकाको पहुँच सुनिश्चित भएपछि आज औपचारिक रूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

जिल्लाका सबै स्थानीय तहले निर्धारित मापदण्ड पूरा गरी पूर्णखोप सुनिश्चितता घोषणा गरिसकेपछि जिल्ला तहमा पनि घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताउनुभयो ।

जिल्लामा गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकासहित आठ स्थानीय तह रहेका छन् । जिल्लाभर १४९ खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन हुँदै आएको प्रमुख चापागाईंले बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या तीन लाख ७७ हजार ७०७ रहेको छ । चालु आवमा एक वर्षमुनिका चार हजार ८५४ बालबालिका, एकदेखि दुई वर्ष उमेर समूहका पाँच हजार २३२ बालबालिका तथा पाँच हजार ८३१ गर्भवतीलाई नियमित खोप तथा सम्बन्धित सेवा प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

जिल्ला खोप समन्वय समितिका अनुसार पूर्णखोप सुनिश्चितताका लागि स्थानीय तहमा घरधुरी सर्वेक्षण, छुट बालबालिकाको पहिचान, अभिलेख प्रमाणीकरण, नियमित खोप सेवा तथा अनुगमनका सबै प्रक्रिया पूरा गरिएको थियो । सबै स्थानीय तहले पूर्णखोप सुनिश्चिततापछि जिल्ला तहमा घोषणा गरिएको हो ।
जिल्लामा बौदीकाली गाउँपालिकाले जेठ ११ गते, बुलिङटार र मध्यविन्दुले जेठ १३ गते, विनयी त्रिवेणीले जेठ १९ गते, हुप्सेकोट र देवचुलीले जेठ २१ गते, गैँडाकोटले जेठ ३० गते तथा कावासोती नगरपालिकाले असार १२ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए ।

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले पूर्णखोप सुनिश्चितता घोषणा एउटा औपचारिक कार्यक्रम नभई भावी पुस्ताको स्वास्थ्य सुरक्षाप्रतिको सामूहिक प्रतिबद्धता भएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पाण्डेले नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक स्रोत, साधन र प्राविधिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले पूर्णखोप सुनिश्चितता घोषणा एकदिने उपलब्धि नभई वर्षभर सञ्चालन गरिएको घरधुरी सर्वेक्षण, छुट बालबालिकाको खोजी, तथ्याङ्क प्रमाणीकरण तथा नियमित अनुगमनको परिणाम भएकोे बताउनुभयो ।

कार्यक्रममा पूर्णखोप अभियानलाई सफल बनाउन योगदान पु¥याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालय तथा सरोकारवाला निकायलाई सम्मान तथा धन्यवाद ज्ञापन गरियो ।

पूर्णखोप सुनिश्चितता कार्यक्रम नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतको अभियान हो ।

यसले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई तोकिएको सबै नियमित खोप समयमै प्राप्त भएको सुनिश्चित गर्दै दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, लहरेखोकी, धनुष्टङ्कारलगायत रोगबाट बालबालिकाको सुरक्षा गर्ने लक्ष्य राखेको छ । रासस