१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीका नौ ठाउँमा आतङ्कवादी हमलाको चेतावनी



अ+ अ-

नयाँ दिल्ली । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ ।

उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिइएको प्रहरी अधिकारीहरुको भनाई छ ।

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन । आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।