काठमाडौं । नेपाल र चीनबीच हुने उच्चस्तरीय भेटवार्तामा नौँ वटा एजेन्डामा छलफल केन्द्रित हुने भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री याङ नेतृत्वको प्रतिनिधिमण्डलवीच हुने भेटवार्तामा पारस्परिक हित र चासोका नौँ वटा विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणका मूख्य नौ एजेन्डाहरुमा मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजी इन्च्ट्यिुट स्थापनाको विषय, तातोपानी, रसुवागढी, कोरला, किमाथाङ र लोमाथाङ लगायतका सीमा नाकामा सुरक्षा, काठमाडौं केरुङ रेलमार्गको डीपीआर एक वर्ष भित्र सक्ने र आपसी समझदारीका आधारमा रेल मार्ग निर्माण, पहिलो चरणमा केरुङ-काठमाडौं रेलमार्गको डीपीआर सकिएर काम शुरु भएपछि दोस्रो चरणमा काठमाडौं-पोखरा लुम्बिनी रेलमार्गको काम थाल्ने, चिनियाँ सहयोगमा तमोरखोला जलविद्युत आयोजना निर्माणको विषयमा छलफल हुने छ ।
त्यसैगरी ट्रान्स हिमालय सीमापार प्रशारण लाईन निर्माण, चिनियाँ सहयोगमा रसुवागढी–काठमाडौं २७ किलोमिटर सुरुङ मार्ग निर्माण र बाहिरि चक्रपथको साटो धुलिखेलखासा कोदारी सडक विस्तार, मुस्ताङ लगायत पहाडी जिल्लामा एकिकृत बस्ती निर्माण र चिनियाँ सहयोगमा झापामा ओद्योगिक पार्क निर्माणको बिषयमा छलफल हुने जनाएको छ ।