२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस्



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरुले लाचार महशुस गर्नुपरेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल भनिरहने गरेको बताउनु भयो । किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हन्हनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानहरुको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरु भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेउ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोच्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ? मल समेत दिन नसक्ने तिमीहरुलाई जिताएर के भयो भन्दै किसानहरुले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको छ सभामुख महोदय । किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महशुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरुसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रश्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्वपूर्ण नबनोस् ।’

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताउनु भयो ।