८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राष्ट्रपति सी को नेपाल भ्रमण निश्चित भएसँंगै सिंगारिन थालियो काठमाडौं

राष्ट्रपति सी को नेपाल भ्रमण निश्चित भएसँंगै सिंगारिन थालियो काठमाडौं
अ अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ। यही ‘असोज २७ गते नेपाल आउने’ राष्ट्रपति सीलाई स्वागत गर्न सिंगै सरकार, काठमाडौं महानगरपालिका, निजी क्षेत्र, बैंकलगायत एक दर्जनभन्दा बढी निकाय लागिपरेका छन्। विशेष गरी आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिकाले बाटो सफा गर्न शुरू गरिसकेको छ।

सरकारले नेपाल टेलिकमलाई तार व्यवस्थापन गर्न निर्देशनन दिएको छ। विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी, नेपाल खानेपानी संस्थानलगायतका निकायलाई कामको जिम्मेवारी दिइसकेको छ। प्राधिकरणले अव्यवस्थित बिजुलीको तार र पोल व्यवस्थापन गर्न थालेको छ। सी २४ घन्टा नेपाल बस्ने कार्यक्रम रहेको छ। राष्ट्रपति सीको स्वागत गर्न राजधानीका करिब ४० वटा स्वागतद्वार निर्माण हुनेछन्।

राष्ट्रपति सी हिँड्ने सडकमा सरकारी कार्यालय र ठूला बैंकले स्वागतद्वार निर्माण गर्नेछन्। राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, खाद्य संस्थान, स्ट्यान्डर चार्टड बैंकलगायत निकायले स्वागतद्वार निर्माण गर्नुपर्नेछ। भ्रमण गर्ने रुटमा बाटो सफा गर्ने, जेट मेसिनले बाटो पखाल्ने, बु्रमर लगाउने, आइल्यान्ड मर्मत गर्ने र फूलसहितको गमला राख्ने, आकाशेपुलमा विशेष सजावट गर्ने, बाटोको डिभाइडर खाली गर्ने, जेब्राक्रस र रेलिङ्मा रङ लगाउनेलगायतका महŒवपूर्ण काम धमाधम भइरहेका छ। अधिकांश सजावट गर्ने काम रातभर हुँदै छ।

काठमाडौं महानगरपालिकाले विभिन्न निजी र सरकारी संस्थाको सहयोगमा आइल्यान्ड व्यवस्थित गर्न शुरू गरेको छ। माइतीघर मण्डलामा कृषि विकास बैंक र नेपाल टेलिकम, नविल, प्रभु बैंकलगायतका निकायले राजधानीका करिब एक दर्जन आइल्यान्ड सिँगार्ने जिम्मा लिएका छन्। महानगरले आफ्नो स्वामित्वमा रहेको आकाशेपुलमा रङरोगन शुरू गरिसकेको छ। यसअघि सार्क शिखर सम्मेलन, बिमिस्टेक सम्मेलनदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटक–पटकको भ्रमणका क्रममा काठमाडौंमा सडकहरू रातारात चिल्लो पर्ने र पेटी र रेलिङमा रङ लगाउने काम भएको थियो।

दशैं बिदामा घर जान ठिक्क परेका कर्मचारी राष्ट्रपति सीलाई स्वागत गर्न विभिन्न तयारी गरिरहेका छन्। राष्ट्रपति सीले कुन रुट प्रयोग गर्ने ? भन्ने विषयमा परराष्ट्र मन्त्रालयले हालसम्म स्पष्ट जानकारी दिएको छैन। तर, झन्डै २८ किलोमिटर क्षेत्र रहेको रिङरोडको दायाँ–बायाँसमेत सफाइ शुरू भइरहेको छ। सम्भवतः हायात होटलमा बस्ने तयारी भएपछि सरकारले सो रुटमा विशेष सफाइ शुरू गरेको हो।

सरकारले भ्रमण र भेटघाट व्यवस्थापन गर्न होटल सोल्टी, द्वारिका र हायात होटलमा विशेष सुरक्षा व्यवस्था गरेको छ। त्रिभुवन विमानस्थलदेखि बानेश्वर, माइतीघर हुदै सोल्टी होटल, सिंहदरबार, सोल्टीमोडदेखि त्रिपुरेश्वर जमल हुँदै शीतल निवास, शीतल निवासदेखि महाराजगन्ज, बालुवाटार र चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर–कलंकी साढे १० किलोमिटर सडकलाई भीआईपी रुट तय गरिएको छ।

‘हालसम्म कुन रुटमा सवारी चलाउने भन्ने विषयमा निर्णय नभए पनि कोटेश्वरदेखि कलंकी हँुदै होटल सोल्टीसम्म लैजाने विषयमा छलफल भइरहेको छ।’ –स्रोतको भनाइ छ। ‘चीन सरकारले निर्माण गरेको आठ लेनको कोटेश्वर–कलंकी सडकमा राष्ट्रपतिको सवारी चलाउने विषयमा कुरा भइरहेको छ।’ –स्रोतले नेपाल समाचारपत्रसंँग भन्यो। राष्ट्रपति सीको भ्रमणको मिति टीकाको भोलिपल्ट अर्थात् एकादशीको दिन औपचारिकरूपमा सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालयको तयारी छ। नेपाल समाचारपत्र दैनिकबाट