८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विवादास्पद तिनकुनेमा अस्थाई पार्क निर्माण शुरु

विवादास्पद तिनकुनेमा अस्थाई पार्क निर्माण शुरु
अ अ+ अ-

काठमाडौँ । विदेशका राष्ट्रप्रमुख नेपाल प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुने खाली जग्गामा तत्कालका लागि अस्थायी पार्क बन्ने भएको छ। काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको करिब ५३ रोपनी क्षेत्रफल रहेको खाली जग्गामा तीन दिनअघि कामपाले पार्क बनाउने तयारी गर्दा स्थानीयले विरोध गरेका थिए। मुआब्जाको माग गर्दै पटक–पटक आन्दोलन गरेका स्थानीयले तत्कालका लागि पार्क निर्माण गर्न दिन सहमति गरेका हुन्।

राष्ट्रपति सीको भ्रमणको क्रममा मुख्य रुट तीनकुने पार्क निर्माण गर्ने वा नगर्ने विषयमा विरोध भइरहेको अवस्थामा परराष्ट्र मन्त्रालयले स्थानीयलाई वार्तामा बोलाएको थियो। ‘मन्त्रालयका अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी केदार न्यौपाने, महानगरका प्रहरी प्रमुख डीएसपी धनपति सापकोटा र स्थानीयबासीबीच सहमति भएपछि हिजो बिहीबारदेखि पार्क बनाउन शुरू गरिएको हो।’

कामपा शहरी विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले भने। परराष्ट्र मन्त्रालयसँग सहमति भएलगत्तै महानगरको इन्जिनियरसहितको टोली तीनकुने पार्क पुगेको थियो। करिब चार दिनभित्र पार्क निर्माण गर्ने गरी सडक विभागले डोजर, स्काभेटरलगायत समाग्री तीनकुने पुगेका थिए। सबै क्षेत्रफल सम्याउने र सीको स्वागतका लागि ६ फिट अग्लो फूल र विभिन्न प्रजातिको बिरुवा रोप्ने भएको छ।

‘अहिले बाटोको साइडमा मात्र रुख रोप्ने तयारी गरिएको छ।’ –कामपा प्रहरी प्रमुख सापकोटाले बताए । केही अग्लो थुम्का बनाउने, कतै दुबो रोप्ने र केही स्थानमा फूल रोपेर हरियाली बनाउन लागेको कामपाले जनाएको छ। यसअघि बिमिस्टेक सम्मेलनमा कामपाले सो क्षेत्रमा जस्ताले छोपेर नेपाल र विदेशी पाहुनाको तस्वीर राखेको थियो। नेपाल समाचारपत्र दैनिकबाट